logo
२०८१ बैशाख १६ आईतवार



त्रिदेशीय टी–२० सिरिज : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

क्रिकेट |
खेलकुद |


त्रिदेशीय टी–२० सिरिज : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौँ, चैत १७ गते । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपाल आज (बिहीबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेको पीएनजीले पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

नेपाल पीएनजीलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने योजनामा छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । लगातार दुई खेल जितेको नेपाल अहिले चार अङ्कसहित शीर्षस्थानमा छ । आज पीएजीलाई हराएमा नेपाल ६ अङ्क जोड्दै फाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

लगातार दुई खेल हारेको पीएनजी नेपालविरुद्ध बदला समेत लिने तयारीमा छ । मलेसिया दुई अंक सहित दोस्रो स्थानमा छ । पीएनजीले अङ्कको खाता खोल्न सकेको छैन । तीन टोली सहभागी यस सिरिजमा हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

पीएनजीविरुद्धको खेलमा युवा अलराउन्डर आदिल अन्सारीले नेपाली टोलीमा डेब्यू गर्नुभएको छ । आदिललाई नेपाली टोलीका पूर्व क्रिकेटर दीपेन्द्र चौधरीले डेब्यू क्याप दिनुभएको छ ।आदिललाई कुशल मल्लको स्थानमा मौका दिइएको हो ।

पीएनजीविरुद्ध नेपालको प्लेइङ : ११

सन्दीप लामिछाने (कप्तान), दिलीपनाथ (विकेट किपर), आदिल अन्सारी, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, आरिफ शेख र रोहित पौडेल ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?