logo
२०८१ बैशाख २१ शुक्रवार



त्रिदेशीय टी–२० सिरिज : मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

क्रिकेट |
खेलकुद |


त्रिदेशीय टी–२० सिरिज : मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल


काठमाडौँ, चैत १९ गते । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज (शनिबार) नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो । मलेसियाविरुद्ध आज नेपालले सोमपाल कामीलाई आराम दिएको छ । उहाँको स्थानमा कमलसिंह ऐरीलाई मौका दिईएको छ । यसअघि नै फाइनलमा स्थान बनाएको नेपाल जितको लय कायम राख्ने योजनामा छ । यता मलेसिया नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ ।

मलेसियाका लागि यस खेल सेमिफाइनल सरह हो । यस खेलमा मलेसिया पराजित भयो भने पपुवा न्युगिनी (पीएनजी) रन रेटका आधारमा फाइनलमा पुग्नेछ । लगातार तीन खेल जितेको नेपाल ६ अंकसहित शीर्षस्थानमा छ । मलेसिया र पपुवा न्युगिनीको दुई दुई अंक छ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो ।

दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा पीएनजीलाई ३७ रनले हराएको थियो । मलेसियाले भने पीएनजीलाई पहिलो खेलमा आठ रनले हराएको थियो । दोस्रो खेलमा मलेसिया पीएनजीसँग आठ विकेटले पराजित भएको थियो । फाइनल खेल सोमबार हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?