logo
२०८१ बैशाख १७ सोमवार



मलेसियाविरुद्धको खेलमा घाइते कमलको शल्यक्रिया सफल

क्रिकेट |
खेलकुद |


मलेसियाविरुद्धको खेलमा घाइते कमलको शल्यक्रिया सफल
फाइल तस्बिर


काठमाडौँ, चैत २० गते । त्रिदेशीय टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा घाइते हुनुभएका फास्ट बलर कमलसिंह ऐरीको आइतबार शल्यक्रिय गरिएको छ । ऐरीको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा शल्यक्रिया गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा शनिबार १८औँ ओभरमा मलेसियाका एनुल हाफिजको प्रहार डाइभ गर्दै रोक्ने क्रममा कमल घाइते हुनुभएको थियो । उहाँको घाँटीमुनि बायाँ भागको ‘ब्यूटी बोन’ भाँचिएकोले शल्यक्रिया गर्नु परेको क्यानले जनाएको छ । कमल निको भएर मैदान फर्कन ६ हप्ताभन्दा बढी समय लाग्ने पनि बताइएको छ ।

नेपालले शनिबार सोमपाल कामीलाई विश्राम दिँदै कमललाई मौका दिएको थियो । घाइते हुनुअघि कमलले मलेसियाविरुद्ध दुई विकट लिनुभएको थियो । सिरिजमा अपराजित नेपालले लिग चरणको अन्तिम खेलमा शनिबार मलेसियालाई ८५ रनले पराजित गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?