logo
२०८१ बैशाख १७ सोमवार



आईसीसी महिला विश्वकपमा अष्ट्रेलिया च्याम्पियन

क्रिकेट |
खेलकुद |


आईसीसी महिला विश्वकपमा अष्ट्रेलिया च्याम्पियन


काठमाडौँ, चैत २० गते । आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ । न्युजिल्यान्डमा आइतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले साविक विजेता इङ्ल्यान्डलाई ७१ रनले हरायो । अष्ट्रेलियाले सबै खेलमा अपराजित रहँदै उपाधि चुम्न सफल भयो । यससँगै अष्ट्रेलियाको यो सातौँ विश्वकप उपाधि हो ।

जितका लागि अष्ट्रलयाले दिएको तीन सय ५७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४३.४ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ८५ रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि नाट सिभारले अविजित एक सय ४८ रनको शतकीय इनिङ्स खेलेपनि टोलीको हार जोगिएन । टमी विउमोछले २७, कप्तान हेथर नाइटले २६, सोफिया डंक्लेले २३, चार्ली डीनले २१ र यमी जोन्सले २० रन बनाउनुभयो । बलिङमा अष्ट्रेलियाका एलना किङ र जेस् जोनासेनले तीन तीन विकेट तथा मेगन चुटले दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारत ५० ओभरमा पाँच विकेटको क्षतिमा तीन सय ५६ रन बनाएको थियो । अष्ट्रेलियाका लागि सर्वाधिक एलेस्या हिएलेले एक सय १७ रनको शतकीय इनिङ्स खेल्नुभयो । रचेल हयनेसले ६८ र बेथ मोनीले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

एल्से पेरीले अविजित १७ र कप्तान मेग लेनिङले १० बनाउनुभयो । बलिङमा इङ्ल्यान्डकी एन्या शरुभोस्ले तीन तथा सोफिया एक्लेस्टोनले एक विकेट लिनुभयो । यसअघि अष्ट्रेलियाले सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा विश्वकप उपाधि जितेको थियो । एजेन्सी

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?