logo
२०८१ बैशाख १७ सोमवार



उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

क्रिकेट |
खेलकुद |


उपाधिका लागि नेपाल र पीएनजी भिड्दै


काठमाडौँ, चैत २१ गते । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने फाइनल भिडन्तमा नेपाल अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा छ ।

दिउँसो १२:३० बजे सुरु हुने खेलमा पीएनजी पनि नेपाललाई हराएर दोहोरो उपाधि घर लैजाने दाउमा छ । टी–२० सिरिजअघि नेपालविरुद्ध दुई खेलको एकदीवसीय सिरिजमा पीएनजीले क्लीन स्वीप गरेको थियो । तर टी–२० सिरिजको लिगका दुईवटै खेलमा पीएनजी नेपालसँग पराजित भएको छ ।

लिगका चारवटै खेलमा अपराजित नेपाल फाइनल खेलमा पनि उही लय कायम राख्दै घरेलु मैदानमा उपाधि जित्ने तयारीमा छ । नेपालका कप्तान सन्दीप लामिछानेका लागि घरेलु मैदानमा यो पहिलो कप्तानी उपाधि हुनेछ । कप्तान सन्दीपले फाइनलमा दवाव रहित प्रदर्शन गर्ने बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?