logo
२०८१ बैशाख १२ बुधवार



त्रिदेशीय टी–२० सिरिज : नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


त्रिदेशीय टी–२० सिरिज : नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य


काठमाडौँ, चैत २१ गते । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १६९ रनको विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको हो ।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३८ बलमा पाँच चौकाको सहयोगमा अविजित उक्त रन बनाउनुभएको हो । करण केसीले अविजित ३३, ओपनरद्वय आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन बनाउनुभयो । आदिल अन्सारीले १५ रन जोड्नुभयो । रोहित पौडेलले दुई तथा आरिफ शेख र दिलीपनाथ शून्य रनमा आउट हुनुभयो ।

बलिङमा पीएनजीका सेमो कामेअले तीन, कवुअ मोरेया, रिले हेकुरे र चाद सोपरले एक एक विकेट लिनुभयो । नेपाल सिरिजमा अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा छ । उता पीएनजी पनि नेपाललाई हराएर दोहोरो उपाधि घर लैजाने अभियानमा छ। टी–२० सिरिजअघि नेपालविरुद्ध दुई खेलको एकदीवसीय सिरिजमा पीएनजीले क्लीन स्वीप गरेको थियो । तर टी–२० सिरिजको लिगका दुईवटै खेलमा पीएनजी नेपालसँग पराजित भएको थियो ।

लिगका चारवटै खेलमा अपराजित नेपाल फाइनल खेलमा पनि उही लय कायम राख्न चाहन्छ । यदि पीएनजीलाई आज हराउन सके नेपालका कप्तान सन्दीप लामिछानेका लागि घरेलु मैदानमा यो पहिलो कप्तानी उपाधि हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?