logo
२०८० चैत्र १५ बिहीवार



दीपेन्द्र ‘प्लेयर अफ दी सिरिज’

क्रिकेट |
खेलकुद |


दीपेन्द्र ‘प्लेयर अफ दी सिरिज’


काठमाडौँ, चैत २१ गते । नेपालका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले त्रिदेशीय टी–२० सिरिजमा ‘प्लेयर अफ दी सिरिज’ को उपाधि जित्नुभएको छ । नेपालाई च्याम्पियन बनाउन हरेक खेलमा नायकीय प्रदर्शन गर्नुभएका दिपेन्द्रले फाइनल खेलमा समेत ५४ रनको अविजित अर्धशतकीय इनिङ्स र चार विकेटको सानदार प्रदर्शन गर्नुभयो ।

उहाँ फाइनल खेलको ‘म्यान अफ दि म्याच’ समेत चुनिनुभयो । उहाँले ‘प्लेयर अफ दी सिरिज’ बने बापत पाँच सय र ‘म्यान अफ दि म्याच’ बने बापत एक सय अमेरिकी डलर पुरस्कार पनि पाउनुभयो । दीपेन्द्र यसै खेलबाट टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक हजार रन बनाउने खेलाडी समेत बन्नुभएको छ ।

उहाँले ३९ खेलमा एक शतक र चार अर्धशतकसहित एक हजार रन पूरा गर्नुभएको हो । उहाँपछि पूर्वकप्तान पारस खड्काको नाममा ३३ खेलमा एक शतक र चार अर्धशतकसहित सात सय ९९ रन छ । यसैगरी नेपालका करण केसी सिरिजको उत्कृष्ट बलर घोषित हुनुभएको छ । उहाँले करणले सिरिजको पाँच खेलमा १३ विकेट लिनुभयो।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?