logo
२०८१ बैशाख ११ मंगलवार



आईसीसी अलराउन्डर वरीयतामा दीपेन्द्रको फड्को

क्रिकेट |
खेलकुद |


आईसीसी अलराउन्डर वरीयतामा दीपेन्द्रको फड्को
फाइल तस्बिर


काठमाडौँ, चैत ३० गते। नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले क्रिकेटको टी–२० अलराउन्डर वरीयतामा ठूलो फड्को मार्नुभएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र शीर्ष १० मा पर्नुभएको हो।

यो नेपाली क्रिकेटरको वरीयतामा सर्वाधिक ठूलो सफलता हो। यसअघि सन् २०१९ मा नेपालका पूर्व कप्तान पारस खड्का अलराउन्डर वरीयताको शीर्ष २५ मा पर्नुभएको थियो। त्यो नै नेपाली खेलाडीको उच्च वरीयता थियो। दीपेन्द्रले अलराउन्डरतर्फ श्रीलंका स्पिनर वानिन्दु हसरंगा, जिम्बावेका सेन विलियम्स, रयान बर्ल, अष्ट्रेलियाका मिचेल मार्श, नामिबियाका डेविड विसे र बंगलादेशका महमुदूल्लाह रियादलाई पछि पार्नुभएको छ।

अलराउन्डर वरीयताको शीर्षस्थानमा अफगानिस्तानका कप्तान मोहम्मद नाबी हुनुहुन्छ। बंगलादेशका सकिब अल हसन दोस्रो, इंग्ल्यान्डका मोइन अली तेस्रो र नामिबियाका जेजे स्मिथ चौथो र इङ्ल्यान्डका लियाम लिभिङस्टोन पाँचौँ स्थानमा हुनुहुन्छ। आईसीसीका अनुसार ब्याटिङतर्फ दीपेन्द्र ३८औँ, कुशल भुर्तेल ३६औँ र आरिफ शेख ९९औँ स्थानमा हुनुहुन्छ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ३८औँ स्थानमा हुनुहुन्छ। अभिनाश बोहरा ८६औँ स्थानमा हुनुहुन्छ। एकदिवसीय ब्याटिङतर्फ नेपालका रोहित पौडेल ८३औँ स्थानमा हुनुहुन्छ। एकदिवसीय बलिङतर्फ सन्दीप ४८औँ स्थानमा हुनुहुन्छ। नेपाल टी–२० वरीयतामा १२औँ र एकदिवसीय वरीयतामा १८औँ स्थानमा छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?