नेपालले पछिल्लो कीर्तिमान भङ्ग गर्यो, मलेसिया समक्ष २१८ रनको लक्ष्य
गोरखापत्र अनलाइन
बैशाख ९, २०७८ बिहीबार
नेपालले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा आफ्नो तीन दिन पुरानो कीर्तिमान भङ्ग गरेको छ । मलेसिया विरुद्धको आजको खेलमा २० ओभरमा २१७ रन तयार गरेको नेपालको टी ट्वान्टी अन्तर्राष्ट्रियमा अहिलेसम्मकै दोस्रो सर्बाधिक योगफल तयार गर्न सफल भयो। यसअघि दक्षिण एशियाली खेलकुदमा नेपालले भुटान बिरुद्ध २० ओभरमा २३६ रनको योगफल तयार गरेको थियो । उक्त योगफल नै नेपालको अहिलेसम्मको सर्बाधिक अन्तर्राष्ट्रिय टी ट्वान्टी योगफल हो।