मुम्बईको तेस्रो हार, पञ्जाबले नौ विकेटले हरायो
गोरखापत्र अनलाइन
बैशाख ११, २०७८ शनिबार
इन्डियन प्रिमियर लिग(आईपीएल)को साबिक विजेता मुम्बई इन्डियन्सले प्रतियोगितामा तेस्रो हार बेहोरेको छ । पञ्जाबले उसलाई नौ विकेटले हराएको छ ।
मुम्बईले प्रस्तुत गरेको १३२ रनको लक्ष्य पञ्जाबले खेल सकिन १४ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पुरा गर्यो । पञ्जाबको जितमा कप्तान करण लोकेश राहुलले अविजित रहँदै सर्बाधिक ६० रनको योगदान दिनुभयो । अर्का ओपनर मयन्क अग्रावलले २५ रन बनाएर पेभेलियन फर्किदा क्रिस गेलले मात्र...