चेन्नईले कलकत्तालाई हरायो, बैंगलोरले राजस्थानको सामना गर्दै
गोरखापत्र अनलाइन
बैशाख ९, २०७८ बिहीबार
इन्डियन प्रिमियर लिग(आईपीएल)मा चेन्नईले कलकत्ता नाइट राइडर्ससलाई हराएको छ । लिगको १५ औं खेलमा चेन्नईले कलकत्तालाई १८ रनले हराएको छ ।
चेन्नई सुपर किंग्सले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याउँदै कलकत्ताले खेल सकिन पाँच बल बाँकी छँदै मात्र २०२ रनमा समेटिन पुग्यो । कुनै समय ३१ रनमा पाँच विकेट गुमाएको कलकत्ताका लागि मध्यक्रमका ब्याट्सम्यान दिनेश कात्र्तिक, आन्द्रे रस्सैल र प्याट क्युमिन्सले विष्फोटक पारी खेल्दै...