मिसबाह उल हक र वकार यूनुस प्रशिक्षकबाट राजीनामा दिनुभयो
गोरखापत्र अनलाइन
भाद्र २१, २०७८ सोमबार
पाकिस्तान क्रिकेट टोलिका प्रमुख प्रशिक्षक मिसबाह उल हक र बलिङ प्रशिक्षक वकार यूनुसले राजीनामा दिनुभएको छ । सोमबार बिहान दुबैजनाले पाकिस्तान क्रिकेट बोर्डलाई आफ्नो राजीनामाबारे जानकारी गराउनुभएको छ ।
हक र यूनुस दुबैजनालाई पाकिस्तान क्रिकेट बोर्डले गत् सेप्टेम्बर २०१९ मा प्रशिक्षकको जिम्मेवारीमा नियुक्त गरेको थियो । दुबै जनाको सम्झौता बमोजिम एक वर्ष म्याद बाँकी नै थियो ।