पहिलो एकदिबसीयमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई विशाल अन्तरले हरायो
गोरखापत्र अनलाइन
श्रावण ६, २०७८ बुधबार
अष्ट्रेलियाले पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा वेष्टइन्डिजलाई १३३ रनको विशाल अन्तरले हराएको छ । पाँच खेलको टी ट्वान्टी श्रृखंला ४–१ ले गुमाएको अष्ट्रेलिया अन्तर्राष्ट्रिय एकदिबसीयमा तीन खेलको श्रृखंलाको पहिलो खेलमा विशाल अन्तरको जित हात पारेको हो ।
वेष्टइन्डिजले २५७ रनको लक्ष्य पछ्याउने क्रममा २६ ओभर २ बलमा मात्र १२३ रनमा समेटिन पुग्यो । वेष्टइन्डिजको पारीमा कप्तान क्यारन पोलार्डले बनाउनुभएको ५६ रन नै...