विश्व टेष्ट च्याम्पियनसिप बराबरी भए संयुक्त विजेता घोषणा गरिने
गोरखापत्र अनलाइन
जेष्ठ १५, २०७८ शनिबार
भारत र न्युजिल्याण्डबीचको उद्घाटन विश्व टेष्ट च्याम्पियनसिप बराबरीमा सम्पन्न भए दुबैलाई संयुक्त विजेता घोषणा गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले शुक्रबार उक्त निर्णय सुनिश्चित गरेको हो ।
आईसीसीका अनुसार विश्व टेष्ट च्याम्पियनशीपको लागि एक दिन ‘रिजर्भ’ गरिएको छ । पहिलो देखि पाँचौं नियमित दिनसम्म कुनै दिन खेल सम्भब हुन नसकेमा ‘रिजर्भ’ डेमा तन्किनेछ । दुबै देशले टेष्ट च्याम्पियनशीपको उपाधिका...