राशिद खानद्वारा अन्तर्राष्ट्रिय टी ट्वान्टीको नेतृत्व लिन अस्वीकार
गोरखापत्र अनलाइन
जेष्ठ २१, २०७८ शुक्रबार
अफगानिस्तानका स्पिनर राशिद खानले अन्तर्राष्ट्रिय टी ट्वान्टीको नेतृत्व लिन अस्वीकार गर्नुभएको छ । उहाँले आफू नेतृत्वकत्र्ता भन्दा खेलाडीकै रुपमा मूल्यवान रहने लागेको बताउनुभएको छ ।
२२ वर्षीय राशिदले इएसपीएनसँगको कुराकानीमा भन्नुभएको छ, “म खेलाडीकै रुपमा राम्रो रहेकोमा स्पष्ट छु, त उपकप्तानकै जिम्मेवारीमा बस्न चाहन्छु र कप्तानलाई आवश्यक परेको बेला सघाउन प्रयत्नशील रहनेछु ।” उहाँले कप्तानको जिम्मेवारी आएपछि...