logo
२०८१ बैशाख ३० आईतवार



नाग्म गमगढी सडक अवरुद्ध हुँदा स्याउ बोटमै

अर्थ |


नाग्म गमगढी सडक अवरुद्ध हुँदा स्याउ बोटमै



नृपेन्द्रबहादुर मल्ल-
मुगु, भदौ ४ गते । साउन महिनाको तेस्रो सातादेखि लगातार परेको अविरल वर्षाका कारण नाग्मा– गमगढी सडकखण्ड अवरुद्ध भएको छ । जसका कारण त्यहाँ उत्पादित फलफूलहरु विक्री गर्न नपाउँदा किसान चिन्तित भएका छन् ।

किसानको बगैंचामा फलेका स्याउ स्थानीय तथा अन्य जिल्लाबाट आएका फलफूल व्यापारीले सुर्खेत नेपालगंज, दाङ्ग, बुटवललगायत तराईका अन्य जिल्लामा लाने गरिएका छन् ।

सडक खण्ड अवरुद्ध भएपछि किसानको बगैंचामा फलेका स्याउले बजार नपाउने हो कि भनेर किसान चिन्तित हुन् ।

छाँयानाथ रारा नगरपालिका–४ को ताल्चा, वडा नं. ५ को मैतु र वडा नं. ३ को राधधारा, जुम्लीमुल, माथितुम, लामाचौरका किसानको बगैंचामा अघिल्ला वर्षहरु भन्दा स्याउ राम्ररी फलेका छन्

अघिल्ला वर्षहरुमा व्यापारी स्याउ नपाक्दै घरमा आएर बगैंचामा फलेको स्याउको बैना दिएर जान्थे तर यो पटक सडक अवरुद्ध भएर होला अहिलेसम्म एकजना व्यापारी आएका छैनन् ।

‘रुखबाट स्याउ झरेर बारीभरी छन, अहिले सम्म कोही आएका छैनन् ।’ छायानाथ रारा नगरपालिका ५ का किसान राजकुमार भामले भन्नुभयो ।

उहाँका अनुसार व्यापारी नआए पनि आफ्नो बगैंचाको दुई ट्रक स्याउ नेपालगंज लैजाने सोच बनाए पनि सडक अवरुद्ध हुँदा किसान झन् समस्यामा परेका छन् ।

‘रुखमा रहेका स्याउलाई चराचुरुङ्गीले खाएर सखाप पार्न थालिसकेका छन् । यातायात अवरुद्ध बजारमा एक डोको स्याउ विक्री गर्न विहानदेखि बेलुकासम्म कुर्नुपर्छ ।’

छाँयानाथ रारा नगरपालिका–४ की अछमपुरा मल्ल बताउनुहुन्छ । विगत वर्षहरुमा तीज, दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी अघि नै सुर्खेत, नेपालगंज, बुटवल, काठमाडांै र पोखरासम्म लगेर राराकोे स्याउ विक्री गरेको स्मरण स्याउ व्यापारी रामभक्त रोकाया गर्नुहुन्छ ।

यसपटक नाग्म गमगढी सडक अवरुद्घ भएपछि स्याउ बगैंचामा कुहिएको उहाँले बताउनुभयो । उहाँका अनुसार आफूले स्याउबाट वर्षेनी १५ लाख रुपियाँ कमाई गर्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?