logo
२०८१ बैशाख ३१ सोमवार



स्याउ महोत्सवको तयारी

अर्थ |


स्याउ महोत्सवको तयारी


जुम्ला समाचारदाता

जुम्ला, भदौ ५ गते । जुम्लामा स्याउ महोत्सव हुुने भएको छ । जुम्लाको प्रमुख आन्तरिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका यही भदौ १४ गते दोस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो । महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुग्ने आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले जानकारी दिनुभयो । महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवद्र्धन हुने आयोजकको विश्वास छ । एक दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकको दाबी छ । पछिल्ला तीन वर्षयता जुम्लामा वुरु गरिएको इटालेली फुजी स्याउ पनि स्टलमा राखिने भएको छ । स्याउसम्बन्धी सम्पूर्ण जानकारी दिन स्याउ सूचना केन्द्र स्थापना गरिने छ । सोही अवसरमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ । यसअघि २०७५ मा पनि महोत्सव गरिएको थियो । गत वर्ष जुम्लामा १५ हजार बगैँचामा करिब साढे ४४ हजार स्याउका बोट रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?