logo
२०८१ बैशाख ३१ सोमवार



रहरले लगाएको स्याउले व्यवसायी बनायो

अर्थ |


रहरले लगाएको स्याउले व्यवसायी बनायो


पुष्पराज भट्टराई -
मान्म, भर्दौ १४ गते । आफुलाई खान र आफ्नो रहर मेटाउन स्याउ लगाएका तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष खड्गराज शाही अहिले व्यवसायिक कृषक बन्नुभएको छ । २०७३ सालमा भएको स्थानीय तह निर्वाचनमा वडा नं ४ मा वडाध्यक्षमा विजयी हुनुभएका शाही वडाको काम संगै स्याउ खेतीमा रमाउन थाल्नु भएको छ ।

रहरका रुपमा लगाएका स्याउका विरुवाहरु अहिले उहाँको बगैचामा ४ सय भन्दा बढी स्याउका विरुवा रहेका छन्भ ने १ सय ५० भन्दा बढी स्याउका विरुवाले फल दिइरहेका छन् । वडाको कामसंगै शाहीलाई अहिले स्याउ खेतीले उत्तिकै व्यस्त बनाएको छ । ‘पहिले स्याउ लगाएर मात्र के गर्नु, बिक्री गर्ने ठाउँ हुन्थेन,’ शाहीले भन्नुभयो, ‘अहिले गाडिमा राखेर मान्म, सुर्खेत, नेपालगन्ज पठाउने गरेका र्छौ ।’ एक दशकअघि सुर्खेत–जुम्ला सडक खुलेपछि कालीकोटको तिलागुफाका नागरिकलाई स्याउ खेतीले आकर्षण गरेको हो । पहिले आफ्नो लागी रहरले लगाउने तिलागुफाबासी अहिले व्यवसायी रुपमा स्याउ खेतीमा रमाउर्दै आएका छन् । सडक नहुँनुभन्दा पहिला कालिकोट जिल्लामा उत्पादित स्याउ बोगटमै कुहिने, गाईबस्तुलाई खुवाउने, आफ्न्तलाई कोसेलीका रुपमा दिने गरिन्थ्यो ।
सडकलगायत पूर्वाधार र अन्य सुविधा पुगेसँगै तिलागुफाका नगरपालिकाका थुप्रै स्थानीयबासी स्याउसँग जोडिएका छन । कतिपय कृषकले स्याउबाटको आम्दानीले सहरबजारमा घर किनिसकेका छन् भने कतिपय स्याउ खेतीमा अघि सर्दै छन् । नेपाल सरकारले कृषकहरुलाई प्रोत्साहनको नीति लागू गरेपछि परम्परागत रूपमा थोरै स्याउ लगाउने किसान व्यावसायिक खेतीमा लागेका छन् । उत्पादन ह्वात्तै बढेको छ । ‘स्याउ खेतीमा सरकारले पनि थुप्रै लगानी गरेको छ, सेवासुविधा पुग्दा किसान पनि उत्साही छन,’ वडाध्यक्ष खड्गराज शाहीले भन्नुभयो, ‘यसको प्रभावले कालीकोटमा स्याउखेती फस्टाएको छ ।’ मैले पनि स्याउका विरुवा ४ सय पुगाएको छु अव पुरै आफ्नो जग्गामा स्याउ लगाउने योजना बनाएको सुनाउनुभयो ।

दिउसो वडाको काम गरेर जनताको मन जितेका वडाध्यक्ष शाहीले साझ विहानको अधिकाँस समय आफ्नो स्याउ बगैचामा विताउने गर्नुभएको छ । केही साथिहरुले बगैचामा काम गरेको देखेर जनताको काम किन नगर्ने प्रश्न गर्नुहुन्छ, वडाध्यक्ष शाहीले भन्नुभयो, साझ विहानको खाली समय त्यतीकै विताउनुभन्दा पनि स्याउ बगैचामा गएर काम गर्ने गरेको छु । उहाँले आफुले सरकारले दिने सेवासुविधा जनताको निम्ति खर्च गर्दै आइरहेको बताउनुभयो । मलाई सेवासुविधा भन्दा पनि स्याउबाटै मनग्य आम्दानी छ किन सरकारी रकम लिने आफुले पाउने सेवासुविधा जनताको काममा लगानी गर्दै आएको सुनाउनुभयो । सामाजिक सुरक्षा भत्ताका लागि नागरिकलाई वडामा आउन दिएको छैन् टोलटोलमा गएर बाड्छु र बाकी रहेको समय आफ्नो स्याउ बगैचामा बेतित गर्दै आइरहेको छु । शाहीले भन्नुभयो, स्याउ खेतीले आफ्नो जीवन धानी रहेको छ ।

स्याउ फल्ने स्थानीय तहहरु सडक संजामा जोडिएपछि यहाँ उत्पादन गरिएको स्याउले बजार पाउन थालेको छ । त्यसअघि कालिकोटका ग्रामीण क्षेत्रमा उत्पादन हुने स्याउ बगैचामा सड्थ्यो । किसानले स्याउ उत्पादन गरे पुग्छ, बजारको कुनै समस्या नभएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाही बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘तिलागुफामा यही गतिमा खेती विस्तार भए भोलि समृद्धिको पहिलो आधार स्याउ हुने निश्चित छ ।’ तिलागुफामा फलेको स्याउले सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, काठमाडौको बजार पाएको प्रमुख शाहीले बताउनुभयो । कालीकोटका किसानलाई सरकारले विभिन्न परियोजनामार्फत स्याउ खेतीतर्फ प्रेरित गरिरहेको छ ।

आत्मनिर्भर फोइकोट

कालीकोटको तिलागुफा नगरपालिकाको फोइमहादेव स्याउ उत्पादनका हिसावले नमुना मानिन्छ । स्थानीय नविन हमाका अनुसार दशकअघिसम्म केही–केही गाउँलेमात्र स्याउ लगाउँथे । अहिले हरेकका घरमा स्याउका बगैंचा छन्, हमालले भन्नुभयो, ‘पहिले किसानले डोकोमा बोकेर स्याउ बेच्न लैजान्थे, अहिले गाडी गाउँमै आएर बजार लैजान्छ ।’ ‘हाम्रो गाउँमा यही स्याउले पैसा ल्याउँछ, यति भएपछि किन विदेश जानु ।’

शिक्षक पेशामा आवद्ध नविन हमालले आफ्नो स्कुल महादेव मावि फोइकोटले वार्षिक ३ लाखभन्दा बढी स्याउँखेतीबाट कमाउने गरेको बताउनुयभयो । उहाँले विद्यालयले पनि ४ सय भन्दा बढी स्याउका विरुवा फलाएर मनग्य आम्दानी गर्दै आएको जनाउनुभयो । कालीकोट जिल्लाको सवैभन्दा धनि विद्यालयका रुपमा चिनिने महादेव मावि फोइकोटले वर्षमा लार्खौ रकम स्याउ खेतीबाट आम्दानी गर्दै आएको बताउनुभयो ।

पहिले स्याउ टिपेपछि बजारीकरणमा ढिलाइ हुँदा कुहिएर जान्थ्यो । अब त्यस्तो अवस्था छ्रैन । गाउँमै गाडि आउछन् । फोइका युवाहरु मिलेर भिडिसेफ नेपालद्धारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाले स्याउको जाम बनाउनका लागि यहाँका युवाहरुलाई तालिम सहित जाम बनाउने मेसिन दिएकाले विक्रि भएको स्याउँ विक्री गर्ने र नभएको स्याउको जाम बनाएर विक्री गर्ने गरिएको हमालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?