logo
२०८१ मंसिर ९ आईतवार



यार्सा बिक्री नहुँदा आर्थिक मन्दी

अर्थ |


यार्सा बिक्री नहुँदा आर्थिक मन्दी


शैलेन्द्र रोकाया

बझाङ, भदौ १८ गते । सुर्मा गाउँपालिका दौलीचौर घरभएका यार्साका व्यवसायी उमेश बोहराले गत वर्षको १५ किलो यार्सा बिक्री भएको छैन । उहाँले यार्सा बिक्री गर्न काठमाडौँसम्म पु¥याउनुभएको थियो ।
उहाँले गत वर्ष बझाङबाट गुणस्तर हेरी प्रतिकिलो १७ लाखदेखि २० लाख रुपियाँमा यार्सा खरिद गरेर काठमाडौँ पु¥याउनुभएको थियो । ती यार्सा अझै बिक्री हुन नसकेको उहाँको भनाइ छ । बोहोराका अनुसार यार्सा खरिदकर्ता चिनियाँ व्यवसायीले प्रतिकिलो १२ लाख रुपियाँभन्दा बढी तिर्न नमानेपछि यार्सा बिक्री नगरी बझाङ फर्कनुपरेको थियो ।
बोहरा जस्तै महिमान तामाङ, पुलचुङ्ग तामाङलगायतका व्यवसायीहरू यार्सा खरिदअनुसारको मूल्य नपाएपछि निराश भएका छन् । उहाँहरूले गत वर्षकै मूल्य नपाएको अवस्थामा यस वर्षको थप यार्सा खरिद गर्न नसकिएको बताएका छन् । ठूला व्यवसायीले खरिद नगरेपछि यार्सा सङ्कलकहरू निराशा भएका छन् ।
मूल्यमा अप्रत्यासित रूपले घटेपछि तीन महिनासम्म विभिन्न जोखिम मोल्दै उच्च हिमाली क्षेत्रमा गएर यार्सा सङ्कलन गरेका सङ्कलकहरू पनि हतोत्साही भएका छन् । अहिले जिल्लाका व्यवसायीहरूसँग करिब साढे तीन क्विन्टल यार्सा थङ्किएर बसेको व्यवसायीको भनाइ छ ।
यार्सा बिक्रीका लागि लामो समय काठमाडाँै बसेर फर्केका महिमान तामाङले भन्नुभयो, गत वर्ष सङ्कलन गरेको यार्सा बिक्री हुन नसकेकाले थप खरिद गर्न सक्ने अवस्था छैन । यार्साको दर रेटमा अन्योल छ कसरी सङ्कलन गर्ने ? व्यवसायीहरूले बिक्री गर्न नसकेको कारण देखाउँदै सङ्कलकहरूलाई गत वर्षकै रकम पनि दिन नसकेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?