logo
२०८१ मंसिर ८ शनिवार



ग्रामीण सडकमा मनपरी भाडादर, उपभोक्ता ठगिए

स्थानीय तह र प्रशासन मौन

अर्थ |


ग्रामीण सडकमा मनपरी भाडादर, उपभोक्ता ठगिए


गणेश पौडेल
पर्वत भदौ २२ गते । पर्वतका विभिन्न ग्रामीण सडकमा चल्ने सवारीहरुले मनपरी भाडा असुल्दा सर्वसाधारण मर्कामा परेका छन् । जिल्लाका अधिकांस स्थानीय रुटमा चल्ने सवारी साधनहरुले तोकिए भन्दा ५ गुणा बढि भाडा असुल गर्ने गरेको भए पनि सम्बन्धित निकायको ध्यान नजाँदा सर्वसाधारण ठगिने क्रम बढेको छ ।

वर्षातको समयमा ग्रामीण सडकमा सवारी साधन कम चल्ने भए पनि ती सवारी साधनले मनपरी भाडा लिए पनि उपभोक्ता भने मौन बस्न बाध्य छन् । ‘बोल्यो भने भोलिदेखि गाडी चढाउँदैनन्’ फलेबास ५ की देवी पौडेलले भन्नुभयो–‘सडक पीच भयो तर भाडादर भने घटेको छैन ।’

गत वर्षसम्म जिल्लाका अधिकांस सडक कच्ची थिए । यो वर्ष जिल्लाका अधिकांस सडकको स्तरोन्नती र कालोपत्रे भै सक्दा समेत भाडादर भने सरकारले तोकेको कच्ची सडकको भन्दा पनि बढि छ । सडक स्तरोन्नती हुँदै जाने भाडादर भने कम नहुने हुँदा यात्रुहरु मर्कामा परेका छन् । पर्वत जिल्लाको कूल एक हजार ४४ किलोमिटर सडकमध्ये करिब ८० किलोमिटर कालोपत्रे, ६० किलोमिटर ग्राबेल र ८८० किलोमिटर सडक कच्ची छ । कच्ची र ग्रामीण सडकमा चल्ने सवारीको मनोमानी छ ।

यात्रुवहाक सवारी साधनले क्षमताभन्दा दोब्बर यात्रु राखेर गाडी कुदाउँदा जोखिम रहेको भए पनि कुनै निगरानी हुने गरेको छ्रैन । ट्राफिक कार्यालयबाट टोली खटाएर ठाउँ ठाउँमा चेकिङ गर्ने गरेको भए पनि प्रभावकारी हुन नसकेको यात्रुहरु बताउँछन् । यात्रुहरुले बाटो कालोपत्रे भईसक्दा पनि पुरानै भाडा तिर्न बाध्य हुनु परेको भन्दै गुनासो गरे पनि सम्बन्धित निकायको ध्यान जान सकेको भने छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार पर्वतमा रुट परमिट कायम गरिएका सडकहरुमा बसको लागि प्रतिकिलोमिटर ७.५० पैसा तोकिएको छ भने जीपको लागि ८.५० पैसा तोकिएको छ । यद्यपी, जिल्लामा चल्ने सवारी साधनहरुले तेब्बर सम्मको भाडा अशुली गरिरहेको प्रस्ट देखिने गरेको छ। कच्ची बाटो हुँदा र बाटो कालो पत्रे भैसक्दा पनि एउटै भाडा तिर्नु पर्ने अवस्थामा रहेका स्थानीयले चाडो भन्दा चाडो भाडा समायोजन गराउनु पर्ने माग गर्दै आएका छन् ।

तर, सवारी साधनले भने तेब्बरसम्म भाडा असुली गरिहेको यात्रुको गुनासो छ । व्यवसायीले भने मनपरी भाडा नलिएको र क्षमताभन्दा धेरै यात्रु नराखेको दाबी गर्दै आएका छन् । सीमित सवारी र यात्रुको चाप बढेका कारण ग्रामीण क्षेत्रमा कालोपत्रे सडकजस्तो सहज नहुने भएकाले भाडा केही मात्र महँगो हुनु अस्वाभाविक नभएको उनीहरूको तर्क छ ।

यता जिल्ला प्रशासन कार्यालयले भने आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने भएकाले स्थानीय तहले व्यवस्थापन गर्ने बताउँदै आएको छ । हाम्रो अधिकार क्षेत्र भित्र पर्दैन प्रमुख जिल्ला अधिकारी कल्पना नेपाल घिमिरेले भन्नुभयो–यसको व्यवस्थापन स्थानीय तहले मिलाउनुपर्छ । प्रशासनले आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने बताउने स्थानीय तहले व्यवस्थापन नगर्ने भएकाले यात्रुहरु भने ठगिरहेका उपभोक्तावादीहरु बताउँछन् ।

व्यावसायीहरु भने यात्रुले खुशी भएर दिएको भाडामा कसैको टाउको दुखाई नभएको बताउँछन् । सडकको अवस्था हेरेर भाडा निर्धारण हुनुपर्ने उनीहरुको माग छ । सडकको अवस्था अनुसार भाडा मिलाएका छौं, पर्वत यातायात प्रालिका व्यवस्थापक दुर्गा ठकुरीले भन्नुभयो हालसम्म कहिँ कतैबाट भाडा बढि भएको भन्ने गुनासो आएको छैन, आयो भने व्यवस्थापन गर्न तयार छौं ।
जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्टका अनुसार यात्रुहरुको हालसम्म कुनै गुनासो नआएको बताउनुयभो । चाडबाडको समय समेत नजिकिएकाले भाडादर बारे परामर्श गरेर अगाडी बढ्ने उहाँको भनाई छ । (फाइल फाेटाे गुगल)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?