गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २३ गते । देशैभर एकैसाथ फोरजी विस्तारको तयारी गरिरहेको नेपाल टेलिकमले ‘कोर नेटवर्क’ परीक्षणमा सफलता पाएको छ । टेलिकमले शनिबार राति हाल कायम थ्रीजीको कोर नेटवर्कलाई फोरजीको नेटवर्कका स्तरोन्नति गर्न सफल भएको हो । ‘
रातभर गरिएको परीक्षणमा सफलता मिलेको छ’ टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो, ‘यो सफलतासँगै फोरजी विस्तारको आधारभूत काममा महìवपूर्ण उपलब्धि हासिल भएको छ’ । दूरसञ्चार पूर्वाधारमा कोर नेटवर्कलाई मेरुदन्डको रूपमा लिइन्छ । यसलाई बीटीएस स्टेसनसहित ग्राहकसम्म जोडिनुपर्ने नेटवर्कमा सञ्जाल विस्तारको काम गर्छ ।
नेपाल टेलिकमले फोरजी विस्तारलाई कोर नेटवर्क र ¥यान विस्तारका रूपमा दुई चरणमा विभाजन गरेको छ । त्यसमध्ये चिनियाँ कम्पनीले जेडटीईले जिम्मा पाएको कोर नेटवर्कको परीक्षणमा टेलिकमले सफलता पाएको हो । उक्त सफलतापछि टेलिकमले तत्काल नै नेटवर्कलाई पुरानै थ्रीजी कोर नेटवर्कमा फर्काएको थियो । विस्तार गरिएको कोर नेटवर्क परीक्षण गर्न मात्र शनिबार राति स्तरोन्नति काम गरिएको अधिकारीले जानकारी दिनुभयो ।
नेपाल टेलिकमले गत माघ २० गते कोर नेटवर्क विस्तारका लागि जेडटीईलाईए एक करोड ५३ लाख डलरमा ठेक्का सम्झौता गरेको थियो । ‘कोर नेटवर्क’ विस्तारका लागि जेडटीईसहित सिङ्गापुरको मभिनिरले दुई करोड १० लाख डलर र चिनियाँ कम्पनी हुवाबेले तीन करोड ८० लाख डलर रकम कबुल गरेका थिए । टेलिकमले गत माघमा एक वर्षभित्र देशैभर फोरजी विस्तारको लक्ष्यसहित कोर नेटवर्क र ¥यान विस्तारको काम अगाडि बढाइरहेको छ । ¥यानअन्तर्गत टेलिकमले देशैभर तीन हजार बढी नयाँ बीटीएस टावर राख्ने छ । टेलिकमले करिब १९ अर्ब रुपियाँमा फोरजी विस्तारको काम अगाडि बढाएको हो । टेलिकमले गत असार तेस्रो हप्ता बबरमहलस्थित कार्यालयमा भीओएलटीईको सफल परीक्षण पनि गरेको थियो ।