logo
२०८१ मंसिर ८ शनिवार



खसीबोका बेच्दै दशैँको जोहो

अर्थ |


खसीबोका बेच्दै दशैँको जोहो



डिलबहादुर सिंह

डोटी, असोज ७ गते । डोटीको जोरायल गाउँपालिका घण्टेश्वरका रामबहादुर विकले ५० वटाभन्दा बढी खसीबोका लिएर बिक्रीका लागि जिल्ला सदरमुकाम सिलगढीमा पुग्नुभएको छ । गाउँकै आफन्तसँग सिलगढीमा खसीबोका बिक्री गर्दैगर्दा भेटिनुभएका विकले भन्नुभयो, अन्य समयभन्दा दशैँको समयमा खसीबोका राम्रै मूल्यमा सहजै बिक्री हुन्छ ।
यतिबेला सदरमुकाम सिलगढी, दिपायल, पिपल्लालगायतका बजार क्षेत्रमा चाडपर्वका लागि सामग्री खरिद गर्ने र बिक्री गर्नेहरूको चहलपहल बढिरहेको छ । उद्योग वाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काका अनुसार स्थानीय बजारमा अरू समयको भन्दा दोब्बर कारोबार भइरहेको छ । उहाँले भन्नुभयो, चाडपर्व सुरु भएको सङ्केत देखिन थालेको छ । परम्पराअनुसार बलि चढाउन खसीबोकाको खरिद बिक्री बढी हुने गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने खसीबोकाले माग पूरा नहँुदा तराईलगायत छिमेकी जिल्लाबाट खसीबोका ल्याएर बिक्री गर्ने गरिएको छ । ग्रामीण क्षेत्रका बासिन्दा आफ्नो कृषिउपज बिक्री गरेर दशैँ खर्च जोहो गर्न लागेका छन् । रोजगारीका लागि गाउँ छाडेकाहरू पनि फर्कने क्रम बढेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?