logo
२०८१ मंसिर ८ शनिवार



स्याउ फल्यो बजार खै !

अर्थ |


स्याउ फल्यो बजार खै !



राजन रावत

सिमकोट, असोज ९ गते । हुम्लाका स्याउ बगैँचा यतिबेला राताम्मे भएका छन् । स्याउ टिपेर बजार कसरी पु¥याउने भन्ने पिरलो किसानलाई थपिएको छ ।
सिमकोट गाउँपालिका–४ का किसान जङ्गबहादुर शाहीले लगाउनुभएको पाँच सयभन्दा बढी बोटमध्ये तीन सय बोट स्याउ फल्न थालेपछि त्यसलाई कसरी बजार पु¥याउने पिरलो थपिएको छ ।
लटरम्मै स्याउ फलेको बगैँचा देखाउँदै शाहीले भन्नुभयो, फलेका स्याउ नबिग्रँदै कसरी बजार र ग्राहक कसरी जुटाउने होला ? उहाँ स्याउ बिक्री गर्न नसकेमा सुकुटी बनाएर राख्ने विचारमा हुनुहुन्छ । यस वर्ष उहाँले आफ्नो बगैँचामा ४० देखि ५० क्विन्टल स्याउ फल्ने अनुमान गर्नुभयो ।
यता सिमकोट गाउँपालिका वडा नम्बर ५ का किसान धोचे रोकायाका पनि दुई बोटले यस वर्ष फल दिन सुरु गरेका छन् । रुखमा स्याउ लटरम्मै फलेको देख्नेबित्तिकै रोकायालाई बजारको चिन्ता लाग्छ । सिमकोटमा मिठो र ठूला दाना फल्ने नाम कमाएको रोकायाको स्याउ बारीमा यस वर्ष ३० क्विन्टलभन्दा बढी स्याउ फल्ने अनुमान उहाँले गर्नुभएको छ ।
हुम्लाका सातवटै गाउँपालिकामा स्याउ खेती राम्रो हुने भए पनि हालसम्म सिमकोट गाउँपालिकामा सबैभन्दा बढी स्याउ फल्ने गरेको छ । हवाई जहाजबाट नेपालगञ्ज, सुर्खेत ढुवानी गर्दा प्रतिकेजी ६० रुपियाँ तिर्नुपर्ने हुन्छ । यसरी जिल्लाबाहिर निकासी गरिएका स्याउ ढुवानी महँगो भएकै कारणले बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएपछि स्याउ किसानले पनि आँट पनि गर्न नसक्ने उद्योग वाणिज्य सङ्घ हुम्लाका उपाध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र हुम्लाका अनुसार दुई हजार दुई सय मेट्रिक टन स्याउ जिल्लाभर उत्पादन हुने भए पनि यस वर्ष १७३ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ । यसमा ५४० हेक्टर जमिनमा स्याउ लगाइएको छ । एक सयभन्दा बढी स्याउका बोट लगाएर स्याउ खेती गर्ने किसानको सङ्ख्या मात्र दुई सय रहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?