logo
२०८१ मंसिर ८ शनिवार

  पदमबहादुरको सफलताको कथा 



चालीस बर्ष भयो काँक्रा खेती, घर चल्यो, छोराछोरीले पढ्न पाए

अर्थ |


चालीस बर्ष भयो काँक्रा खेती, घर चल्यो, छोराछोरीले पढ्न पाए


अर्जुन काफ्ले

स्याङ्जा, असोज ९ गते । आफ्नो उमेरका साथीहरू कोही भर्ति हुँदै थिए त कोही मुग्लान पस्दै थिए । त्यता ध्यान नगएको पनि होइन, तर घरै बस्न परिवारले गरेको आग्रहलाई स्याँङ्जा अर्जुन चौपारी–१ सिस्नेरीका ५९ बर्षीय पदमबहादुर जिसीले नकार्न सक्नु भएन ।
उहाँ घरको एक मात्र छोरा जिसीले बाबु आमाको आग्रहलाई स्वीकार गर्दै गाउँमै बसेर काँक्रा खेती गर्ने पेशा रोजेको बताउनुभयो ।
२०३७ सालमा १९ बर्षको उमेरमा काँक्रा खेती रोज्नु भएका जिसीको ४० बर्षसम्म आफ्नो पेशा परिवर्तन भएको छ्रैन् ।
घर नजिकैको पाचँ रोपनी जग्गामा काक्रा खेती गनु भएका जिसीले अहिले १५ रोपनी जग्गामा काक्रा सहित गोलभेडा, फुलगोभी, बन्दा गोभी, करेला, घिरौला लगायतका खेती गर्दै आउनु भएको छ ।
३० बर्ष सम्म काँक्रा खेती मात्र गरेको बताउँदै जिसीले आर्थिक खाचोँ बढ्दै गएपछि अन्य तरकारी खेती समेत गर्ने गरेको बतानुभयो ।
बाह्ै महिना काँक्रा र तरकारी खेती गर्नुभएका जिसीले अन्य गाउँलेले पनि देखा सिकी गरेको बताउनुहुन्छ ।
श्रीमतीको साथमा तरकारी खेती गरेको बताउँदै जिसीले बिहान उढेर गोढको काम गरेपछि साझँसम्म बारीकै बास हुने बताउनुभयो ।
सुरुमा बाबु, आमा, दुई छोरा र दुई छोरी सहित आठ जनाको परिवार काँक्रो खेतीले पाल्ने र पढाउने काम गरेको जिसीको भनाई थियो ।
उहाँले बाबु आमाको मृत्यु र छोरा छोरीले कमाउन थालेपछि रकम बचाएर थप जग्गा खरिद गरी कृषि पेशा बृद्धि गरेको बताउनुभयो ।
आफ्नो मौसमी तथा बेमौसमी तरकारी खेतीले अहिले मासिक एक लाख बचत गर्ने गरेको बताउँदै जिसीले आफ्नै परिवार सगँ बसेर गरेको पेशाले सन्तुष्ट रहेको बताउनुभयो ।
दैनिक तरकारी टिपेर आफै डोकामा बोकेर अर्जुन चौपारीको हेलु बजार लगेर बेच्ने गरेको बताउदै जिसीले ताजा तरकारी पाएपछि खोसा खोस हुने बताउनुभयो ।
सिजनमा केही कम रकम परे पनि बेसिजनमा दोब्बर रकम पर्ने बताउँदै जिसीले बार्षिक शालाखाला प्रति केजीको एक सय रुपियाँ पर्ने बताउनुभयो ।
बेसिजनमा त फार्ममै आएर तरकारी लाने बताउदै जिसीले फार्म भन्दा पनि बोकेर स्थानिय बजारमा बेच्दा धेरै पर्ने भएकाले आफै बोकेर बेच्ने गरेको बताउनुभयो ।
काठमाडौंको सामान्य तालिम लिएर काम गर्नु भएका जिसीले अनुभबले गर्दा अहिले गाउँ गाउँमा पुगेर काँक्रा खेतीको तालिम पनि दिने गर्नु भएको छ ।
घरमै श्रीमानलाई सहयोग गर्दै काँक्रा खेती गर्नु भएकी ज्ञान कुमारी जिसीले जिन्दगी सुखसाथँ बितेको बताउनुभयो ।
काम गरेको मुल्याङ्कन गर्दै जिसीलाई प्रदेश कृषि मन्त्रालयले ४ लाख अनुदान समेत दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?