गोरखापत्र अनलाइन
ललितपुर, असोज १५ गते । एनआईसी एसिया बैंकको तीनसय चौथौं शाखा लगनखेल, प्रयागपोखरीमा संचालनमा आएको छ ।
बुधबार एक कार्यक्रमकाबीच अरनिको कल्चर एण्ड बिजिनेस सोसाइटीका अध्यक्ष अजरमान जोशीले सो शाखाको उद्घाटन गर्नुभयो ।
ललितपुरको उद्योग ब्यवसाय रहेको स्थानमा खोलिएको यस शाखाले यस क्षेत्रका उद्योग ब्यवसायी र सर्वसाधारणलाई फाइदा पुग्ने उहाँले विश्वास लिनुभयो ।
कार्यक्रममा बैंकका उप क्षेत्रीय प्रमुख लक्ष्मण चालिसेले देशकै ठूलो बैंकको रुपमा स्थापित यसले १८ लाख ग्राहक बनाईसकेको जानकारी दिनुभयो ।
बैंकका शाखा प्रबन्धक मोहन कार्कीका अनुसार ७७ जिल्लामध्ये ७१ वटामा विस्तार भएको यस बैंकले सामुदायिक रुपमा काम गर्ने बताउनुभयो ।