logo
२०८१ जेष्ठ ५ शनिवार



अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा

अर्थ |
अन्तर्राष्ट्रिय |
बिज्ञान |


अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा
तस्वीरःबीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २७ गते । यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अर्थशास्त्रका वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ । अभिजित बैनर्जि, इश्थर डफ्लो र माइकल क्रेमरलाई गरिबी न्यूनिकरणको लागि उहाँहरुको प्रयास वापत नोबेल पुरस्कार प्रदान गरिएको हो ।
घोषणा पश्चात् पुरस्कार प्रदान गर्ने ‘रोयल स्वीडिश एकेडमी अफ साइन्सेज’ले तीनैजना वैज्ञानिकले गर्नुभएको कार्यले गरिबी विरुद्धको लडाइमा ब्यापक सुधार आएको जनाएको छ । तीनैजनाले करीब नौ लाख अमेरिकी डलर पाउनुहुनेछ । १९६९ मा प्रथम पटक सुरु भएपछि इश्थर डुफ्लो अर्थशास्त्र तर्फ नोबेल पुरस्कार जित्नुहुने दोस्रो महिला हुनुहुन्छ । ४६ वर्षकै उमेरमा पुरस्कार प्राप्त गर्नुभएकि उहाँ सबैभन्दा कान्छो पुरस्कार प्राप्तकत्र्ता हुनुहुन्छ ।
बैनर्जिको अध्ययनबाट भारतका ५० लाख अपाङ्ग बालबालिकाको विद्यालय शिक्षामा सुधार भई प्रत्यक्ष लाभ लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?