logo
२०८१ मंसिर ८ शनिवार



नर्सरीबाट मनग्य आम्दानी

अर्थ |


नर्सरीबाट मनग्य आम्दानी


पुष्पराज भट्टराई
मान्म, असोज २९ गते । नर्सरीबाट मनग्य आम्दानी कृषि जेटिएका लागि घरमै बसेर अध्ययन गरे ।’ शाहीले भन्नुभयो । अध्ययन सकेर आफू पनि जागिरको लागि भौतारिनु भौतारिएँ । जति भौतारिए पनि जागिर पाउनै मुस्किल भयो । उहाँले निन्याउरो अनुहार लगाउँदै भन्नुभयो ।

न कतै जागिर मिल्यो, न आफूसँग पैसा भयो, नत कुनै राजनीतिक पहुँच भयो, करारमा पनि जागिर खान सकिन । जागिर हुनेले खाने रैछ । नहुनेको लागि रहेनछ, शाहीले दुःखेसो पोख्नुभयो । कतै जागिर नपाएपछि सिकेको सीपलाई प्रयोगमा ल्याउँछु भनि कस्सिएर उहाँले अहिले खाँडाचक्र नगरपालिका आफनो घरमै ठूलो नर्सरी स्थापना गर्नुभएको छ । दुई लाख ऋण काढेर स्थापना गरेको नर्सरीबाट अहिले वार्षिक पाँच लाखदेखि १० लाखसम्म आम्दानी हुने गरेको छ ।

समाज विकास नर्सरी उद्योग स्थापनाबाटै उहाँको घर खर्च, छोराछोरीको पढाई लेखाईमा खर्च चलिरहेको छ । नर्सरी स्थापना गरे जम्मा दुई वर्ष मात्र भयो । साहुको ऋण र घर खर्च चलेको छ । अब पढाई खर्च र व्यवसायिक रुपमा अगाडि बढ्न लगानी थप गर्ने सोचमा उहाँ हुनुहुन्छ । नर्सरी स्थापना पछि केहि गर्ने देखे पनि नगरपालिका कृषि शाखा, दातृ निकायहरुले अनुदानको आश्वासन देखाउन थालेका छन् । लगानी गरेभने यसलाई ठूलो नर्सरीका रुपमा विकास गर्ने लक्ष्य उहाँले लिनुभएको छ । गतवर्ष दुई लाखको लगानीमा पाँच लाख आम्दानी भएको थियो भने, यो वर्ष दुई लाखको लगानीमा १० लाख पुगेको उहाँले जनाउनुभयो ।

वास्तवमा पैसा कमाउन विदेश हैन, स्वदेशमै मेहनत गरे पसिना र माटोमै पैसा फल्दो रहेछ, उहाँले भन्नुभयो, मसँगैका साथी काठमाडांै, नेपालगंज पढ्न गएका साथीहरु रोजगारीको लागि कोही खाडी मुलुकमा छन् त कोही भारतमा छन् । आफुलाई कहिलेकाँही गर्व लागेर आउँछ । नर्सरी उद्योगमा उत्पादन भएका बोटविरुवाहरुको फरक फरक मूल्य तोकिएको छ । प्रति विरुवाको कम्तीमा १०० रुपियाँ पर्दछ । नर्सरी उद्योगमा हाल सवै गरेर सात हजार २०० बोटविरुवाहरु छन् । कसैको मूल्य १०० रुपियाँ त कसैको २०० रुपियाँसम्म पर्न जान्छ । नर्सरीमा अहिले १० हजार अनार, एक हजार २०० ओखर, एक हजार कागती, दुई हजार सुन्तला र दुई हजार जुनारका बोटविरुवा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?