अमरराज नहकी
तनहुँ, कात्तिक ३ गते । दुःख गरी रोपिएको धानमा बाला नलाएपछि तनहुँको भानु नगरपालिकाका कृषकहरु चिन्तामा परेका छन् । गरिमा र सिन्दुरे जातको भनि रोपिएका धानमा पाक्ने बेलामा पनि बाला नलागेको उनिहर चिन्तामा परेका हुन् । चाँडै पाक्ने भनेर ल्याइएको विउ नक्कली पर्दा धान पाकेर काट्ने बेलासम्म बाला नलागेको कृषकहरुले बताएका छन् । बाला नलागेपछि चिन्तामा परेका कृषकहरुले क्षतीपूर्तिको माग राखेका छन् ।
भानु नगरपालिका क्षेत्रमा गरिमा जातको हाईब्रिड भनि रोपिएका ६५ रोपनी जमिनमा बाला नलागेकोले कृषकहरु मर्कामा परेको वागवानी अधिकृत तथा भानु नगरपालिका कृषि शाखाका प्रमुख ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभयो । वागवानी अधिकृत अधिकारीका अनुसार स्थलगत अवलोकनको क्रममा फ्याट्ट/फुट्ट मात्रै पसाएको र पसाएकोमा भित्र रस नभएकोले भुस जस्तो दाना भएको छ । ‘चिसो मौसम पनि सुरु भईसकेको छ पसाउनु पर्ने धान गर्भभित्र रहेकोले बाला लाग्ने सम्भावना देखिएन वागवानी अधिकृत अधिकारीले भन्नुभयो । धानको बाला नलागेका १४ जना कृषकले फोटो सहितको निवेदन दिएर क्षेतिपूर्तिको माग राखेको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो ।
प्रभावित हुनेलाई राहतको लागि नगरपालिकाले पहल कदमी थालेको छ । नगरपालिकाका अनुसार विउ विजन सम्बन्धि ऐन अनुसार विउको कारणले बाला नलागि नोक्सान भएमा विउ विक्री गर्नेबाट क्षेतिपूर्ति दिनुपर्ने प्रावधान भएकोले सोही अुनसारको काम अघि बढाईएको छ । जहाँ÷जहाँबाट खरीद गरिएर ल्याईएको तिनैबाट क्षेतिपूर्ति पाउने गरी प्रयाश थालिएको छ वागवानी अधिकृत अधिकारीले भन्नुभयो ।
विउका विक्रेतालाई बोलाएर सबै भन्दा बढी प्रभावित हुनेहरुमा ८ र ९ वडाका कृषकहरु रहेको भानु नगरपालिकाले जनाएको छ । सिन्दुरे जात भनि दुई/दुई रोपनी रोपिएका दुई जना कृषकका धानमा पनि बाला नलागेको वागवानी अधिकृत अधिकारीले जानकारी दिनुभयो । भानु नगरपालिका–९ स्थित पुर्कोट सेवा समाजका अध्यक्ष वासुराज कडरियाले धानमा बाला लाग्ने स्थिती नआएपछि किसानहरु मर्का परेको बताउनुभयो । कृषक समेत रहनु भएका कडरियाका अनुसार भानु नगरपालिका ८, ९ र २ का गरी गरिमा जात भनि लगाईएका ६० रोपनी खेतमा लगाएका १२ जना कृषको धानमा बाला नलागेको मर्कामा परेको कडरियाले जानकारी दिनुभयो ।
भानु नगरपालिका क्षेत्रमा रहेका सुजता एग्रोभेट, अविनाश एग्रोभेट, श्रेष्ठ एग्रोभेट, लमजुङको सुन्दरबजार स्थित खनाल एग्रोभेट, तनहुँको सदरमुकाम दमौली स्थित इशानेश्वर विज भण्डारबाट खरीद गरी ल्याईएका गरिमा जातको भनि ल्याईएका बिउमा बाला नलागेको भानु नगरपालिकाले जनाएको छ । उनिहरुले चितवनबाट खरीद गरी ल्याएको बताएको क्षेतिपूर्ति दिनको लागि ताकेता समेत गरिएको वागवानी अधिकृत अधिकारीले जानकारी दिनुभयो । ३,४ वर्ष अघि देखि गरिमा जातको धान किसानले लगाउँदै गरेको पाईएको छ ।
‘गत वर्ष ल्याउँदा खान पनि मिठो,छिट्टो पाक्ने, धेरै फल्ने, पराल पनि धेरै हुने भएकोले लगाईयो यसपाली त बाला नै लागेन नक्कली परेछ ।’ पुर्कोटका कृषक खिलप्रसाद भट्टले भन्नुभयो । १० रोपनी खेतमा ९ किलो गरिमा जातको विउ भनि ल्याएर लगाएको उहाँले जानकारी दिनुभयो । ५० मुरी धान फल्ने अपेक्षा राख्नु भएका भट्टले नक्कली विउ वेच्नेलाई सरकारले कारबाही गरि क्षेति पूति पाउनु पर्ने बताउनुभयो । ‘जेठ २६ गते व्याड राखेको हो गत वर्षको समयको तुलना गर्दा यतिबेला पाकी सकेको थियो अहिले त बाला नै लागेन ।’ कृषक भट्टले गुनासो गर्नुभयो ।
कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी मोहनप्रकाश श्रेष्ठले तराईमा गरिमा जातको धान लगाउने गरिए पनि पहाडको सिफारिस नगरिएको बताउनुभयो । गरिमा र सिन्दुरे दुवै जात विक्री गर्नको लागि सिफारिस नगरिएको विउ विक्रेताबाट विक्री भएको पाईएको कृषि शाखाले जनाएको छ । नवलपुर क्षेत्रमा ठुलो सङ्ख्यामा कृषकले गरिमा जात भनि लगाईएको धानमा बाला नलागेको गुनासो आएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।