logo
२०८१ मंसिर ८ शनिवार



सुनको मुल्य घट्यो

अर्थ |


सुनको मुल्य घट्यो



काठमाडौं, कार्तिक ५ गते ।
आईतबारबाट स्थिर देखिएको सुनचाँदीको मुल्यमा गिरावट आएको छ । साताको तेस्रो दिन सुनको मुल्यमा गिरावट आएको हो । आईतबार सुनको मुल्य प्रतितोला ७० हजार चार सय रुपैयामा कारोबार भएकोमा सोमबार पनि कुनै थपघट भएको थिएन । सोमबार समेत सुनको मुल्य प्रतितोला ७० हजार चार सय रुपैयामै कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार र सोमबार ७० हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मुल्य मंगलबार ७० हजार २ सयमा कारोवार भएको हो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार नौ सय रुपियाँमा कारोबार सुरु भएको महासंघले जनाएको छ । त्यसमा समेत कुनै मुल्य हेरफेर भएको छैन । सुनको मुल्य घटेपनि चाँदीको मुल्य भने स्थिर दखिएको छ । आईतबारवाटै प्रतितोला ८ सय ५० मा कारोबार भएको चाँदीको मुल्य मंगलवार समेत प्रतितोला ८५० रुपियाँमा नै कारोबार भैरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?