logo
२०८१ मंसिर ८ शनिवार



सुनको मूल्य स्थिर

अर्थ |


सुनको मूल्य स्थिर


काठमाडौं, कार्तिक ७ गते । साताको पाँचौ दिन बिहिवार सुनको मुल्य स्थिर भएको छ । बुधवार बढेको सुनको मूल्य बिहिवार स्थिर देखिएको हो । सुनको मूल्य बिहिवार प्रतितोला ७० हजार चार सय रुपैयामा कारोबार भएको छ । बुधवार समेत ७० हजार चार सयमा कारोबार भैरहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार र सोमबार ७० हजार चार सय रुपियाँमा कारोबार भएको सुनको मुल्य मंगलबार ७० हजार दुई सयमा कारोवार भएको थियो भने बुधवार पुनः ७० हजार चार सयमै कारोबार भएको थियो । बिहिवार समेत सुनको मूल्यमा केही परिर्वतन भएको छैन ।
तेजावी सुनको मूल्य बुधबार ७० हजार एक सयमा कारेबार भैरहेको छ । सुनको मुल्यसँगै चाँदीको मुल्य भने स्थिर दखिएको छ । आईतबारवाटै प्रतितोला ८ सय ५० मा कारोबार भएको चाँदीको मुल्य,सोमवार मंगलवार र बुधवार समेत प्रतितोला ८५० रुपियाँमा नै कारोबार भैरहेकोमा बिहिवार समेत ८५० मा कारोबार भैरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?