logo
२०८१ मंसिर ९ आईतवार



बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह

अर्थ |


बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह



नेपालगञ्ज, कात्तिक ८ गते । बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका अनुसार ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि ११ हजार भोल्ट करेन्ट प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षण शुरु गरिएको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?