काठमाडौँ, कात्तिक १७ गते । साताको पहिलो दिन सुनको मुल्य स्थिर भएको छ । शनिबार छापावाल सुन ७१ हजार दुई सयमा कारोबार भैरहेकोमा आज (आइतबार) समेत सोही भाउमा कारोबार भैरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय तथा तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार एकैदिन ७ सय रुपैयाँ बढेको थियो । आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।