logo
२०८१ मंसिर ९ आईतवार



नयाँ पम्प आवेदनको मूल्याङ्कन हुँदै

अर्थ |


नयाँ पम्प आवेदनको मूल्याङ्कन हुँदै



लक्ष्मण दर्नाल

काठमाडौँ, कात्तिक २४ गते । नेपाल आयल निगमले नयाँ पेट्रोलपम्प सञ्चालनका लागि प्राप्त आवेदनको मूल्याङ्कन सुरु गरेको छ । क्षेत्रीय कार्यालयहरूमा प्राप्त सिलबन्दी आवेदन मापदण्डअनुसार भए नभएको जाँच थालिएको निगमले जनाएको छ ।
आवेदनमाथिको पहिलो चरणको काम यसै साता सकिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । निगलमे गत वैशाखमा सातै प्रदेशमा नयाँ पम्प सञ्चालनका लागि आवेदन खुला गरेको थियो । जसमा एक हजार २५ आवेदन परेको निगमले जनाएको छ । प्रमुख सहरहरूभन्दा पनि विकासोन्मुख सहरहरूमा पम्प सञ्चालनका लागि आवेदन परेको निगमले जनाएको छ ।
प्रवक्ता गोइतका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३४३ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशमा २२ वटा मात्र परेका छन् । त्यस्तै प्रदेश १ मा १८९, प्रदेश ३ मा १३१, गण्डकी प्रदेशमा २७, प्रदेश ५ मा दुई सय र सुदुरपश्चिम प्रदेशमा ५६ वटा आवेदन परेका छन् । जिल्लाहरूमा सहरीकरणका साथै सडक विस्तार तीव्र भएको तर पम्पहरूको असुविधा रहेकाले नयाँ पम्प सञ्चालनका लागि आवेदन खुलाएको थियो । हुलाकी सडकहरूका लागि पम्प सञ्चालन गर्न प्राथमिकता दिइने गोइतको भनाइ छ । उहाँले भन्नुभयो, खुला बजार अर्थतन्त्रको नीतिअनुसार मापदण्ड पुगेका सबै निवेदकले इजाजत पाउँछन् ।
निगमले नयाँ पेट्रोलपम्प दर्ताको लागि बिक्रेता विनियमावली संशोधन गरेको थियो । हाल चलिरहेको पम्पहरूको केही सुधार गर्ने र दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोलपम्पको प्रावधान यथावत् राखी नयाँ पम्पका लागि नयाँ विनियम(ावली ल्याएर आवेदन खुलाइएको हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?