logo
२०८१ मंसिर ९ आईतवार



तराईका माछा उच्च पहाडमा

अर्थ |


तराईका माछा उच्च पहाडमा



शैलेन्द्र रोकाया

बझाङ, कात्तिक २४ गते । बझाङ जिल्लामा पहिलो पटक व्यावसायिक रूपमा माछापालन सुरु गरिएको छ । परम्परागत रूपमा जिल्लाका सेती, बाउलीगाड, कालङ्गा, जडारीगाड, सुनीखोला, लाछ्याखोला, तल्कोटीगाडलगायतका नदी तथा खोलानालामा माछा मार्ने गरिएको यो जिल्लामा खप्तड छान्ना गाउँपालिकामा पहिलो पटक व्यावसायिक माछापालन सुरु गरिएको हो ।
माछापालनको परीक्षणका लागि गरेको माछापालन सफल भएको छ । गाउँपालिकाले किसानलाई अनुदानमा माछापालन व्यवसायका लागि परीक्षण गरेपछि यो व्यवसाय सफल भएपछि छान्नाका किसान व्यावसायिक माछापालनतर्फ आर्कषित भएका छन् । गाउँघरका ससाना पोखरीमा पालन गर्दा माछाको वजन निकै राम्रो वृद्धि भएको यहाँका किसानले बताएका छन् । पहाडतिर चिसोमा माछापालन हुँदैन भन्ने विश्वास रहँदै आएपछि पछिल्लो चरणमा तराईका माछा पोखरीमा बाँच्न थालेपछि यहाँका किसान पनि अचम्मित हुन थालेका छन् । तीनवटा पोखरीबाट सुरु गरिएको माछापालनले उत्कृष्ट प्रतिफल दिन थालेपछि छान्ना क्षेत्रका धेरैजसो किसान माछापालन व्यवसाय गर्न उत्साहित भएका हुन् ।
छान्ना ऐचली बगरका प्रेम गिरीले भन्नुभयो, गाउँपालिकाले माछापालनका लागि सहयोग ग¥यो, हामी पनि कस्सियौँ, माछा राम्रै भइरहेका छन् ।
आफ्नो पोखरीमा चार किलोसम्मका माछा उत्पादन भएको जानकारी दिनुभयो । स्वयं गाउँपालिकाका अध्यक्ष रोकायासँग पनि माछा पोखरी रहेको छ, उहाँले पनि झण्डै तीन हजार माछाका भुरा पालन गर्नुभएको बताउनुभयो ।
छोटो अवधिमा माछाको राम्रो उत्पादन गरेको लामातोलाका किसान प्रेम गिरीले बताउनुभयो । उहाँले मँगुर जातका २०० माछाका भुरा पोखरीमा पाल्नुभएको छ । छान्ना क्षेत्रमा सिल्भर कार्प, मङ्गुरलगायतका विभिन्न प्रजातिका माछापालन गर्न थालिएको छ । कैलालीको गेटाबाट माछाका भुरा ल्याएर उच्च पहाडी क्षेत्र बझाङमा माछापालन सफल भएपछि चालू आर्थिक वर्षमा थप १० वटा पोखरीको किसानबाट माग भएको अध्यक्ष रोकायाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?