गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २७ गते । साताको चौथो दिन सुनको मूल्यमा बृद्धि भएको छ । मंगलबार स्थिर देखिएको सुनको मूल्य बुधबार पुनः बृद्धि भएको हो ।
साताको पहिलो दिन आइतबार सुनको भाउ पुनः उकालो लागेकोमा यो क्रम सोमबार समेत निरन्तरता पाएको थियो । तर मंगलबार सुनको मूल्य सोमबारकै कायम भएपनि बुधबार भने सुनको मूल्यमा बृद्धि भएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला ७१ हजार चार सय पुगेको छ । यो मंगलबारको भन्दा तोलामै दुई सयले बृद्धि भएको हो । त्यस्तै तेजाबी सुनको मूल्यमा समेत बृद्धि भएको हो । बुधवार तेजाबी सुन प्रतितोला ७१ हजार एक सयमा कारोबार भैरहेको छ । आज चाँदी प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा प्रतितोला ५ रुपैया बढेको छ ।