logo
२०८१ मंसिर १० सोमवार



चार अर्ब ८१ करोडको टे«जरी बिल बिक्री हुँदै   

अर्थ |


चार अर्ब ८१ करोडको टे«जरी बिल बिक्री हुँदै   



काठमाडौँ, मङ्सिर ८ गते ।  नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत टे«जरी बिल बिक्री गर्न लागिएको जनाएको हो ।    
     
बैंकले रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ९१ दिने अवधिको टे«जरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ ।

यस्तै १८२ दिने अवधिका लागि रु दुई अर्ब ४७ करोड बराबरको बिल बिक्री गर्न लागिएको हो ।    
    
उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुनेछ । यस्तै ३६४ दिने अवधिका लागि रु ११ करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो ।

उक्त बिल आगामी मङ्सिर ९ गते परिपक्व हुनेछ । बैंकले यही मङ्सिर २ गते पनि पनि टे«जरी बिल बिक्री गरेको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?