logo
२०८१ मंसिर १० सोमवार

  दैलेखमा पेट्रोलियम अन्वेषण 



कठिन भूगोल र बाटोको पहुँच नहुँदा काममा ढिलाइ

अर्थ |


कठिन भूगोल र बाटोको पहुँच नहुँदा काममा ढिलाइ
रावतकोटमा खोलाको भिर नजिक ड्रिलिङ गर्दै प्राबिधिक टोली


कमल शर्मा
दैलेख,मङ्सिर १२ गते । दैलेखको पेट्रोलियम पदार्थ अन्बेषण गर्ने क्रममा भौगोलिक कठिनाईका कारण काममा ढिलाई भएको छ । जमिनको करिव ४५ फिट मुनिबाट ड्रिलिङ गर्नुपर्ने भए पनि पहाडी भूगोलका कारण काम गर्ने समस्या भएको हो ।
पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण भिरपाखा र खेतबारीमा अहिले ड्रिलिङको काम गरिरहेको भए पनि जुन गतिका साथ काम हुनु पर्ने हो सोही अनुसार हुन नसेको खानी तथा भूर्गभ बिभागका भूगर्भबिद् डा. गणेशनाथ त्रिपाठीले बताउनुभयो ।
तराई जस्तो समथर भूभाग भएको खण्डमा एक दिनमा ३० देखि ४० वटा स्थानमा ड्रिलिङ सकिन्थ्यो तर पहाडी भूभाग र भिरालो स्थान भएका कारण पनि ड्रिलिङको काम जुन गतिमा जानु पर्ने त्यो गतिमा जान नसकेको उहाँले जनाउनुभयो ।
उहाँले पेट्रोलियम पदार्थको अन्बेषण कार्यका लागि महत्वपूर्ण सर्बे भनेको साईस्मिक सर्बे भएका कारण आठ÷आठ जनाको १० वटा टोली बनाएर ड्रिलिङको काम भएको बताउनुभयो ।
उहाँले पेट्रोलियम जिओलोजिकल सर्भेका लागि १५ म्याग्नेटो टेलरिङ सर्भेका लागि २२ जना र जिओकेमिकल लागि ६ जनाले काम गरिरहेको र अव छिट्ै बिस्फोटक पदार्थमार्फत चट्टान फुटाउने काम सुरु गर्न लागिएको उल्लेख गर्नुभयो । पेट्रोलियम पर्दाथको अन्बेषणको क्रममा ड्रिलिङ गरेका स्थानमा बिस्फोटक पदार्थमार्फत बिद्युतीय तरंग पैदा गरेर त्यसपछि मात्र मुख्य ड्रिलिङको काम भने पछि हुनेछ ।
पछि हुने महत्वपूर्ण ड्रिलिङका लागि आवश्यक औजारहरू समेत चाइनाको प्राबिधिक टोलीले मगाउने जनाएको छ । मुख्य ड्रिलिङ गर्ने मेसिन ५० टन भन्दा बढी हुन्छ त्यो कसरी ल्याउने भन्ने समेत समस्या देखिएको जनाइएको छ । पेट्रोलियम पदार्थको अन्बेषणमा खटिएका प्राबिधिकहरुले भिरालो जमिन र बिभिन्न स्थानमा सडकको पहुँच नभएका कारण मेसिन बोकेर लैजान समेत समस्या भएको बताएका छन् । उनीहरुले जंगल र भिरमा मेसिन लिएर ड्रिलिङ गर्नुपर्ने कारण कारण पनि काममा समस्या भएको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बिस्फोटक पदार्थ र अन्य महत्वपूर्ण सुरक्षाको जिल्मा जिल्ला सुरक्षा समतिले लिएको बताउनुभयो । अहिले ड्रिलिङ गरेको स्थानमा चाइनाको प्राबिधिक टोली र नेपाली सेनाको टोलीले बिस्फोटक पदार्थको तरंग पैदा गर्ने जानकारी उहाँले दिनुभयो ।
उहाँले नेपाल सरकारको महत्वपूर्ण आयोजना र नेपालमै पहिलो पटक यो कार्यको सुरुवात भएका कारण त्यसको नियमति सुरक्षा प्रदान गरेको समेत बताउनुभयो । नेपाल सरकार खानी तथा भूगर्भ बिभागका महानिर्देशक सोमनाथ सापकोटा र चाईना सरकारको जिओलोजिकल सर्बे कम्पनीबीच भएको सम्झौता अनुसार अहिले दैलेखमा पेट्रोलियम पदार्थको अन्बेषणको काम भईरहेको छ ।
पेट्रोलियम पदार्थको अन्बेषणका लागि चाइनाको प्राबिधिक टोली, खानी बिभागको टोली र कामदारहरू गरि १५० जना भन्दा बढीको टोली खटिएको छ । अन्बेषण टोलीको नेतृत्व चाइना जिओलोजिकल सर्भेका बरिष्ठ भूगर्भबिद ट्यान फुएनले गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?