logo
२०८१ मंसिर ९ आईतवार

 अण्डाभित्रको अर्थ राजनीति 



उत्पादक-उपभोक्ता दुब्लाउँदै, बिचौलिया मोटाउँदै

अर्थ |


उत्पादक-उपभोक्ता दुब्लाउँदै, बिचौलिया मोटाउँदै


टीकाराम उप्रेती

झापा, पुस १ गते ।  अहिले नेपालमा एउटा अण्डाको उत्पादन लागत साढे नौदेखि दश रुपैयाँ प्रतिगोटा छ । लागत मूल्यमा समेत घटाएर किसानले सात रुपैयाँ प्रतिगोटा अण्डा बिक्री गरिरहेका छन् ।

किसानबाट सात रुपैयाँमा किनेर उपभोक्ताले १५ रुपियाँ प्रतिगोटा लिने गरिएका छन् । किसानले एउटा अण्डामा नै साढे दुईदेखि तीन रुपैयाँसम्म घाटा खाएर बिक्री गर्नु पर्ने बाध्यता रहेकोमा त्यही अण्डा उपभोक्तासम्म पुग्दा १५ रुपियाँ प्रतिगोटा पर्ने गरेको छ । नेपाल अण्डा उत्पादक संघ एक नम्वर प्रदेशका अध्यक्ष माधव पराजुलीले उत्पादक र उपभोक्ता दुवै घाटामा परेको सुनाउनुहुन्छ ।

किसानदेखि उपभोक्तासम्म पुग्दा एउटा अण्डाको बीचको मुल्य सबै बिचौलियाले खाने गरेको पोल्ट्री व्यवसायीहरुको गुनासो छ । किसानबाट अण्डा लिने व्यवसायीले एक हप्ता तीन पटकसम्म मुल्यमा तलमाथि बनाउने गरेका छन् । व्यवसायीको गोदाम भरियो भने तीन–चार दिनसम्म अण्डा नउठाउने गरेको किसानले गुनासो गरेका छन् । अण्डा धेरै दिनसम्म राख्न सकिदैन चाँडै बिग्रने भएकाले किसानले व्यवसायीले दिएको मूल्यमा चुप लागेर बिक्री गर्नु पर्ने बाध्यता रहेको अध्यक्ष पराजुलीको भनाइ छ । पछिल्लो दुई बर्षदेखि अण्डा उत्पादन किसानले लगातार घाटा व्यहोर्दै आएको किसानको गुनासो छ ।

एउटा कुखुराको लागि दुई बर्गफिटक्षेत्र चाहिन्छ भने एउटा कुखुराको लागि संरचना निर्माणमा तीन हजार रुपौयाँ खर्च हुने गरेको छ । यसरी कुखुराबाट अण्डा उत्पादन गर्ने समयसम्म ६ महिना पाल्दा प्रति गोटा ५ सय रुपैयाँ खर्च हुन्छ । उत्पादन भएको अण्डालाई बजारसम्म पुर्याउने एउटा कार्टुनको मुल्य ३० रुपैयाँ पर्छ भने एउटा क्यारेटलाई ५ रुपैया पर्छ । विद्युत महशुल, कर्मचारी खर्च, भौतिक संरचनादेखि उत्पादन खर्च समेतको लागत हेर्दा एउटा अण्डाको उत्पादन लागत मुल्य साढे सात रुपैयाँसम्म पर्ने गरेको झापाको दमक १० स्थित मेघा एग्रिकल्चर र्फमका प्रोपाइटर भरत चम्लागाईले बताउनुभयो ।

नेपालमा आत्मनिर्भर बन्दै गएको अण्डा उत्पादन क्षेत्रमा किसानले ठुलो लगानी गरिसकेकाले यसलाई बचाउन सरकारले समयमा नै नीतिगत बिषयमा ध्यान दिन किसानको माग छ । धेरै किसान आबद्ध रहेको यो व्यवसायमा बीचौलियाका कारण नै थला पर्ने अवस्थमा पुगेको छ । यसरी लगातार घाटा हुन थालेपछि व्यवसायबाट सानो लगानी गरेका किसान बिस्थापित हुने ठुला तथा बाहिरका लागानी कर्ताको हातमा जाने खतरा रहेको अण्डा उत्पादन संघ सुनसरी जिल्लाका अध्यक्ष दुर्योधन निरौलाले बताउनुभयो ।

अहिले झापामात्र १५६ वटा अण्डा उत्पादन गर्ने र्फम सञ्चालनमा रहेका छन् । एक नम्बर प्रदेशमा मात्र करिव ३५० वटा अण्डा उत्पादन गर्ने फर्म रहेका छन् । यस्तै यो प्रदेशमा मात्र करिव डेढ अरबको लगानी संरचनामात्र भएको छ । यस्तै उत्पादनमा २५ करोड भन्दा बढी लगानी रहेको छ । कुल १ अरब ७५ करोड लगानी रहेको छ । नेपाली बजारमा दैनिक नेपालमा ३५ हजार अण्डा खपत हुदै आएको छ ।

यसरी लगातार व्यवसाय ओरालो लागेपछि झापा मोरङ र सुनसरीका व्यवसायीले सरकारको ध्याआर्कषण गराउने गरि व्यवसायलाइ व्यवस्थित गर्न माग गरेका छन् । नेपालमा पछिल्लो समय जग्गाको कित्ताकाटको काम बन्द भएपछि यो क्षेत्रमा लगानी गर्ने ठूलो धन राशी यो अण्डा उत्पादनमा क्षेत्रमा प्रवेश गरेको संघका ठहर छ । यही दुइ बर्षको अवधिमा देशमा र्फम दर्ता भएको तथ्याङ्कले पुष्टि गरेको छ । मानिसले अवैध रुपमा कमाएको कालो धन समेत यो व्यवसायमा लगानी गर्न थालेपछि वास्तविक पुराना किसानलाई मार परेको गुनासो छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?