logo
२०८१ मंसिर १० सोमवार



रुकुममै रोकियो जहाज !

अर्थ |


रुकुममै रोकियो जहाज !
रुकुम सदरमुकाम मुसिकोटस्थित सल्ले विमानस्थलमा रोकिएको जहाज । तस्बिर – सुरेन्द्र खत्री


सुरेन्द्र खत्री
रुकुम (पश्चिम), पुस ६ गते । नेपाल एअरलाइन्सको जहाज रुकुम सदरमुकाम मुसिकोटस्थित सल्ले विमानस्थलमै रोकिएको छ । आइतबार विहान काठमाडौंबाट रुकुम आएर नेपालगञ्ज जाने भनेको जहाज नेपालगञ्ज विमानस्थलमा मौसम प्रतिकूल भएपछि जहाज रुकुममै रोकिएको हो ।

जहाज नउडेपछि यहाँबाट नेपालगञ्जका लागि टिकट काटेका यात्रुहरु दिनभर विमानस्थलमा बसेर फर्किएका छन् । मौसम खुल्ला र जहाज उड्ला भनेर दिनभर विमानस्थलमा पर्खेका यात्रुहरु बेलुका निराश भएर फर्किएका हुन् । आइतबारका लागि नेपालगञ्ज जान भनेर १५ जना यात्रुले टिकट लिएको नेपाल एअरलाइन्स रुकुमका इन्चार्ज ज्ञानेन्द्र खनालले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट कुनै पनि जहाज उड्न नसक्ने गरी मौसममा खराबी आएकाले काठमाडौँबाट आएको जहान यहाँबाट नपठाइएको उहाँले बताउनुभयो । मौसममा सुधार आएमा सोमबार मात्र जहाज नेपालगञ्ज उड्न र सुधार नभए यतैबाट काठमाडौं जाने बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?