देवराम प्रसाद यादव
सप्तरी पुस ९ गते । शम्भुनाथ नगरपालिका ३ र ५ स्थित दलित बस्तीका दुई दर्जन किशोरी अहिले क्रिस्टलका गरगहना बनाएर परिवार पालिरहेका छन् ।
तालिम लिएर दलित बस्तीका १२ वर्षीया मोनियाकुमारी सदा, १३ वर्षीया रुपाकुमारी सदा, १२ वर्षीया साजनकुमारी सदा, १४ वर्षीया पनकला सदालगायत २४ जना किशोरी रहेका छन् । उनीहरु घरमै क्रिस्टलका चुरा र गरगहना तयार गर्ने गर्छन् ।
एक किशोरीले दिनको ४ देखि ५ वटासम्म चुरा र माला बनाउने गर्छिन् । त्यसवापत प्रतिमाला र चुरावापत उनीहरुले ५० रुपैयाँ ज्याला पाउने गर्छन् । आप्mनै सीपले तयार गरेको गरगहनाबाट दैनिक २–३ सय रुपैयाँ भए पनि हात पार्न थालेको उनीहरु बताउँछन् ।
‘मिहिनेत अनुसारको कमाई पनि भईरहेको छ, १२ बर्षिया मुनिया कुमारी सदाले भनिन्’ यसकै भरमा तीनजनाको परिवार र आप्mनो खर्च समेत धानेकी छु ।’
अशक्तकताका कारण काम गर्न नसक्ने भएपछि छोरीले मेहनत गरी कमाउन थालेकाले ठूलो राहत पुगेको रुपाका बुवा सत्यनारायण सदाले सुनाउनुभयो । हरेक दृष्टिकोणले अति पिछडिएको हरुवाचरुवा परिवारका ती किशोरीहरुलाई शिक्षा सँगसँगै सीपमूलक तालिमको माध्यमले आत्मनिर्भर बनाई उनीहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले यस्तो कार्यक्रम ल्याईएको श्री पुर्राज सामुदायिक विकास केन्द्रकी कार्यक्रम संयोजक शारदा चौधरीको भनाइ छ ।
उहाँले विद्यालय बाहिर रहेकी त्यस्ता किशोरीलाई निःशुल्क ट्युुशन कक्षा समेत संचालन गरी शिक्षित बनाउने काम पनि भईरहेको बताईन् ।
गरिब र अति पछाडि परेका दलित बस्तीका किशोरीलाई स्वाभलम्बी र सजिलै परिवार चलाउन सक्ने सक्षम उद्दमी बनाउन लक्ष्यका साथ यस्तो कार्यक्रम संचालनमा ल्याएको उहाँले सुनाउनुभयो । उहाँले हरुवाचरुवा तथा दलित बस्तीका किशोरीहरुद्वारा यसरी तयार पारिएका क्रिस्टलका गरगहना बजारका पसलहरुमा विक्रीका लागि आवश्यक प्रबन्ध र सहयोग संस्थाद्वारा नै मिलाएको र विक्रीको अवस्था पनि उत्साहजनक रहेको बताईन् ।
शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्रप्रसाद चौँधरीले तालिमले हरुवाचरुवा तथा दलित बस्तीका किशोरीहरुको क्षमता विकास गरेको बताउनुभयो । तालिमकै कारण दलित बस्तीमा धेरै किशोरी सक्षम बन्न पाएका छन्, उहाँले भन्नुभयो – ‘यो अत्यन्तै सकारात्मक पक्ष हो ।’
उहाँले दलितबस्ती र हरुवाचरुवाका किशोरीहरुलाई शिक्षित र आत्मनिर्भर बनाउन नगरपालिकाको तर्फबाट पनि बजेटको व्यवस्था गर्ने बताउनुभयो ।