रुपन्देही समाचारदाता
रुपन्देही, माघ २ गते । मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश ५ ले मोतीपुर, नौबस्ता र घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारिएको र तीमध्ये एउटा चिनियाँ मोडलको होस् भन्ने आफुूले चाहेको बताउनुभएको छ । उहाँले सो मनसाय नेपालका लागि चीनका राजदूत होउ यान्छीले बुधबार उहाँसँग गर्नुभएको भेटवार्तामा व्यक्त गर्नुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्छीले प्रदेश ५ ले आर्थिक विकासमा महìवपूर्ण उपलब्धि हासिल गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
लुम्बिनी चिनियाँ नागरिकका लागि आउन चाहने एउटा प्रमुख गन्तव्य रहेको बताउँदै राजदूत यान्छीले सिचुवानको छेन्दुदेखि भैरहवा सीधा उडानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले छेन्दु–भैरहवा सीधा उडानले प्रदेश ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले कृषिको व्यवसायीकरण र पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धि गर्दै सिङ्गो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । केही महिनाअघि भएको आफ्नो सिचुवान भ्रमणका क्रममा कृषिको नयाँ प्रविधिबारे त्यहाँका कृषि विज्ञसँग भेटमा भएको र नेपालमा प्रविधि हस्तान्तरणका लागि सहयोग गर्न आग्रह गरेको स्मरण पनि भयो ।
उहाँले नेपाल र चीनलाई जोड्ने बलियो आधार नै बौद्ध संस्कृति हो भन्दै लुम्बिनी दुई देशको सम्बन्धको महìवपूर्ण सेतु रहने बताउनुभयो । उहाँले आफू लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउने सोचमा रहेको र त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो औँल्याउनुभयो ।
उहाँले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको स्मरण गर्दै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको नमुना नेपालका लागि उपयोगी हुने धारणा राख्नुुभयो । मुख्यमन्त्रीले सिचुवानका गभर्नरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन राजदूतलाई आग्रह गरिएको पनि मुख्यमन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैँ सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल दु्रत विकासको बाटोमा हिँडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको उल्लेख गर्नुभयो । उहाँले केही महिनाअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुगेको बताउनुभयो । मुख्यमन्त्रीले बीआरआई परियोजनाअन्तर्गत केरुङ–काडमाडौँ रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्न सके यो क्षेत्रको विकासमा महìवपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
त्यसैगरी, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सेवा सुधार गर्न लागेको र ती अस्पतालको सुधारमा चिनियाँ अनुभवबाट सहयोग पुग्ने बत(ाउनुभयो । उहाँले परम्परागत शिक्षाका लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय एबं चीनमा परम्परागत शिक्षाको महìवपूर्ण आधार मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान गर्न सकिने बताउनुभयो । मुख्यमन्त्रीले लुम्बिनी भ्रमण वर्षको समापन तथा बुद्धजयन्ती समारोहमा महामहिम राजदूतलाई लुम्बिनीमा निमन्त्रणा गर्नुभयो । राजदूत यान्छीले लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमण गर्न लागेको र ती क्षेत्रको भ्रमण गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।