logo
२०८१ मंसिर ११ मंगलवार



आरन व्यवसायले लाखौं कमाइ

अर्थ |


आरन व्यवसायले लाखौं कमाइ
बुढिगङ्गा नगरपाकिला –४ बानेगाउँका पदम लुहार आरनमा हँसिया बनाउँदै । तस्बिर - शेर बहादुर सार्की/बाजुरा


शेर बहादुर सार्की
बाजुरा,माघ १८ गते । बुढीगङ्गा नगरपालिका –४ बानेगाउँका ५५ वर्षीय पदम लुहारको आरन व्यवसायले जीविकोपार्जनमा सहज भएको छ ।

गाउँमा कृर्षि औजारका सामान बनाएर लहुारले महिनाको लाखौ रुपियाँ कमाइ गर्दै आएका छन् । धनगढीबाट फलाम खरिद गरि बाजुराको बाम्का बजारमा आँसी, बाउसो ,कुटा, पाला, खुडा ,दाउँ ,बासुला, खुकुरी लगायतका विभिन्न प्रकारका कृर्षि औजार बनाएर गाउँमा विक्री गर्नथालेपछि राम्रो कमाइ भएको हो, लुहारले भन्नुभयो,“ यो रुपियाँले आफुलाई जिविकोपार्जनमा सहज तुल्याएको छ” ।
यो व्यवसायबाट नै तीन छोरा र तीन छोरीलाई शिक्षा दिन पनि सहज भएको छ, दुइ छोरी र एक छोरा गाउँकै भानोदय माविमा पढ्ने गरेका छन् भने एक छोरा अहिले काठमाण्डौमा डिग्री गरिरहेको छ, लुहारले भन्नुभयो,“घरपरिवार पनि सुखका साथमा रमाइरहेको छ”।
बुढीगङ्गा नगरपालिका –६ बाम्का बजारमा आरन व्यवसाय गर्दै आइरहनु भएका लुहारले भन्नुभयो,“लुहारको यो व्यवसाय पहिला देखि गर्दै आएको भएतापनि नयाँ पुस्ताले लाभको बारेमा थाहा नपाउँदा लोप हुने अवस्थामा रहेको छ,”।
आरन व्यवसायी पदम लुहारले भन्नुभयो,“ अहिले विद्युतको प्रयोगबाट नै कृर्षि औजार बनाइन्छ ,यसका लागि फलाम काट्ने ,पिट्ने र ओल्डीगं गर्ने म सँग राम्रो मेसिन छैन । यो मेसिन खर्चिलो हुन्छ , आफुले यो किन्न सकिदैन्, मेसिन किन्नका लागि मैले स्थानीय सरकारसँग माग राखे तर पनि सुनुवाइ भएन”।
स्थानीय सरकारले हामी जस्तो गरिखानेलाई सहयोग गर्नुको उल्टै करोडौँ रुपियाँ सडकमा खर्च गर्ने र आ–आफ्ना राजनीतिक कार्यकर्ता पाल्ने गरेको लुहारको गुनासो छ ।
आधुनिक आरन व्यवसाय सञ्चालन गर्न सीप सिकाइका लागि तालिमको व्यवस्था गरिदिए थप सहज हुने लुहारले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?