मुुना हमाल
सुर्खेत, माघ १९ गते । वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रका महिलालाई अनुुदानमा अटो–रिक्सा प्रदान गरेको छ । नगरपालिकाले महिला स्वरोजगार कार्यक्रम अन्तर्गत अनुुदानमा अटो–रिक्सा प्रदान गरेको हो । नगरपालिकाले यसअघि तीन महिने तालिम सञ्चालन गरेको थियो ।
उक्त तालिममा सहभागी पाँचजना महिलालाई आइतबार अटो–रिक्सा प्रदान गरेको हो । नगरपालिकाले एकलाख अनुुदान, एकलाख विना व्याजमा ऋण उपलब्ध गराएको छ भने अटो–रिक्साको बाँकी रकम कम्पनीमा महिलाले आँफैले तिर्ने गरी व्यवस्था मिलाइदिएको छ । यसअघि नगरपालिकाले तालिम लिएका आठजना महिलालाई प्रदान गरेको थियो । महिलालाई प्रत्यक्ष रोजगारीमा संलग्न गराउने उद्देश्यले तालिम दिएर अनुदानमा उक्त गाडी वितरण गरेको नगरपालिकाले जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले यसको लागि २६ लाख रुपियाँ लगानी गरेको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख देवकुुमार सुवेदीले महिलालाई आत्मनिर्भर गराउन यस्तो व्यवसायमा प्रोत्साहन गरेको बताउनुुभयो । उहाँले महिलालाई आत्मनिर्भर गराउन यसमा मात्र नभएर अन्य व्यवसायमा पनि जोड्न सिलाई÷कटाई, ढाका बुुनाइलगायतका तालिमहरु दिएको जानकारी दिँदै अनुदान दिएर व्यवसायमा जोड्ने उल्लेख गर्नुभयो ।
पहिलो चरणमा आठजना महिला र दोस्रो चरणमा पाँचजना महिलालाई अनुुदानमा अटो दिइएको हो । नगरपालिकाले तालिम दिएर अटो–रिक्सा सञ्चालनमा सहयोग गरेपछि महिलाले खुुशी व्यक्त गरेका छन् ।
वीरेन्द्रनगर–१२ का कल्पना सिंहले कमाई गरेर आम्दानी गर्नसक्ने भएकाले जीविकोपार्जनमा सहज हुने बताउनुुभयो । वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगार कार्यक्रम अन्तर्गत विभिन्न आर्यआर्जनका कार्यक्रम संचालन गरेको छ । चालू आर्थिक वर्षमा नगरपालिकाले यस कार्यक्रमका लागि एककरोड बजेट विनियोजन गरेको छ ।