logo
२०८१ मंसिर ११ मंगलवार



सहकारीको बचतलाई छुट्टै व्यबस्था गर्न लागेका छौं–मन्त्री अर्याल

अर्थ |


सहकारीको बचतलाई छुट्टै व्यबस्था गर्न लागेका छौं–मन्त्री अर्याल


गाेरखापत्र अनलाइन
काठमाडौं माघ २८ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले सहकारी ऐन २०७४ संशोधन गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।
सहकारी मार्फत उद्यमशीलता विकास राष्ट्रिय कार्यशाला गोष्ठीलाई मंगबार काठमाडौंमा सम्बोधन गर्दै सहकारीको बचतलाई छुटटै व्यवस्था गर्न लागेको समेत मन्त्री आर्यालले जानकारी दिनुभयो ।
मन्त्री अर्यालले कृषिको व्यवसायीकरण र यान्त्रीकरण गर्ने माध्यम सहकारी भएकोले स्थानीय तहले सहकारीलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आग्रह समेत गर्नुभयो । उहाँले हिजोका दिनमा मानिसलाई जागरण गर्न आवश्यक रहेकोमा अब देश विकास गर्न परिणाममुखि काम गर्न जरुरी रहेको बताउनुभयो ।
आज र भोलि काठमाडौंमा चल्ने कार्यशाला गोष्ठीमा विभिन्न जिल्लाबाट सहकारीका सञ्चालक र सहकारी अभियान्ता बीच सहकारी मार्फत उद्यमशीलता विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भईरहेको छ ।
। यस कार्यक्रमको अवसरमा सहकारी अभियान्ता केशवप्रसाद बडालको सहकारी स्वायत्तता र स्वतन्त्रता पुस्तक विमोचन समेत भएको छ । पुस्तकको बारेमा विभिन्न व्यक्तित्वले समीक्षा गर्नुभयो । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी अभियान्तामा लागेका वा सहकारी सम्बन्धी जानकारी लिन चाहनेको लागि यो पुस्तक उपयोगी रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?