logo
२०८१ मंसिर ११ मंगलवार



भैंसी गोठ र गाउँपालिका सम्हाल्दै जनप्रतिनिधि

अर्थ |


भैंसी गोठ र गाउँपालिका सम्हाल्दै जनप्रतिनिधि


सल्यान समाचारदाता
सल्यान, फागुन १० गते । करुणा खड्का त्रिवेणी गाउँपालिका उपाध्यक्ष मात्र होईन एक सफल भैसी पालक किसान पनि हो । जनप्रतिनिधिको रुपमा गाउँपालिका उपाध्यक्ष हुन अघिदेखि नै ब्यवसायिक रुपमा २०६४ त्रिवेणी २ रिखेवजारमा तीन वटा भैसी पालन ब्यवसाय गर्दे आउनु भएको थियो ।
खड्काको आफनै नाममा रहेको वहुउदेश्यीय फर्ममा द अहिले सानाठुला गरी १३ वटा भैसी रहेको करुणाले जानकारी दिनुभयो । उहाँका अनुसा अहिले पाँच भैसीले दैनिक २० लिटर दूध दिदै आएका छन् ।
दूध फर्मवाटै ब्यापारीले ७० रुपियाँ प्रति लिटर किनेर लैजाने गरेका छन । दूध विक्री गरेर मासिक ५० हजार आम्दानी हुने गरेको छ । उत्पादित दूध काभ्रा र रिखेबगर बजारमै खपत हुने गरेको छ ।
भैसी पालनबाट स्थानीय दुइ जनाले रोजगारी पाएका छन् । बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म जनताको काम गर्ने गरेको करुणाले भन्नुभयो बिहान बेलुकी समय गोठ पातको काममा दिने गरेकी छु ।
उपाध्यक्ष खड्कालाई श्रीमान खडगबहादुर खडकाले भैसिपालनमा सघाउदै आउनु भएको छ । गाउँमै रहेको प्राथमिक विद्यालयमा शिक्षक समेत रहेको खड्काले भैसीपालन रोजगारीको राम्रो माध्यम भएकाले बिदेशमा गर्ने मिहिनेत गाँउमै गर्न सके छोटो समयमै राम्रो कमाई गर्न सकिने वताउनुभयो ।
भैंसी पालन गर्दा तयार हुने गोठे मल खेतबारीमा प्रयोग गरी तरकारी खेती पनि गर्ने गरेको खड्का को भनाई छ ।
२० ७४मा भएको स्थानीय तहका निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट करुणा खड्का उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?