मुना हमाल
सुर्खेत, फागुन २८ गते । अपाङ्गता भएका व्यक्तिलाई सीप र सानो लगानीको अवसर दिए उनीहरू समाजका बोझ होइन, सम्भावना बनेर देखाइदिन्छन् भन्ने उदाहरण प्रस्तुत भएको छ । वीरेन्द्रनगरका विभिन्न किसिमका अपाङ्गता भएका केहीले पाएको सानो तालिमपछि स्वउद्यमबाट आयआर्जन मात्र होइन, आत्मसम्मान पनि कमाएका छन् ।
वीरन्द्रनगर–१०, बुुद्धबुद्धेका नन्दप्रसाद चौलागाईंको परिवारमा उहाँसहित तीन जना अपाङ्गता भएका व्यक्ति हुुनुुहुुन्छ । उहाँ शारीरिक रूपमा अशक्त हुुनुुहुुन्छ भने उहाँकी श्रीमती दृष्टिविहीन र छोरी बौद्धिक अपाङ्गतायुक्त हुनुहुन्छ तर उहाँको कमाइ लोभलाग्दो छ । मिठाई प्याकिङ गर्ने बट्टा बनाएरै वार्षिक करिब डेढ लाख रुपियाँ आम्दनी हुुँदै आएको उहाँले सुनाउनुभएको छ । सुुर्खेत नेत्रहीन सङ्घले आयोजना गरेको कागजका सामग्री बनाउने तालिममा उहाँहरूले यो काम सिक्नुुभएको हो ।
अहिले यो काम उहाँहरूका लागि जीविकोपार्जनको स्रोत बन्न पुुगेको छ । उहाँले नेपालगञ्ज र रुपैडियाबाट सामग्री ल्याएर बट्टा बनाउने गरेको बताउनुुभयो । वीरेन्द्रनगरका धेरै मिठाई पसलेले उहाँहरूले बनाएको बट्टा किन्ने गर्छन् ।
उहाँले अहिले यसबाट घर खर्च चलाउन सहयोग पुुगेको बताउनुुभयो । साथै अन्य व्यक्तिका लागि प्रेरणाको स्रोत उहाँहरूको परिवार बनेको छ । चौलागाईं अपाङ्गता भएका व्यक्तिलाई घरमै बसीबसी काम गर्न पनि सजिलो हुुने र धेरै आम्दानी नभए पनि घर खर्च टार्न सजिलो हुुने भएकाले हामीले यो काम सुरु गरेका हौँ भन्नुुहुुन्छ । यस कामबाट आम्दानीसँगै समाजमा आत्मसम्मान पनि मिलेको उहाँको भनाइ छ ।
मेहनत गरेपछि सफल हुने रहेछ भन्ने लागेको नन्दा चौलागार्इं बताउनु हुन्छ । आफूले आँखा देख्न नसक्ने भए पनि काम सिकेर कमाउँदा खुुसी लागेको उहाँको भनाइ छ ।
उहाँहरू जस्तै वीरेन्द्रनगर नगरपालिका नयाँगाउँ–१० का माघुराम चौैधरी बाँसको मुढा बनाउने काम गर्नुहुन्छ । जन्मैदेखि शारीरिक अपाङ्गता हुनुभएका चौधरीले इच्छाशक्ति भएपछि जस्तोसुुकै काम गर्न पनि सकिने बताउनुुहुुन्छ । एक महिनाको तालिम लिएपछि उहाँले घरमै बसेर बाँसको मुढा बनाउने काम गर्न थालेको अहिले करिब चौध वर्ष भयो । उहाँ तालिम पनि दिने काम गर्नुहुुन्छ । अहिले यो पेसा उहाँका लागि आर्थिक आयआर्जनको गतिलो आम्दानीको स्रोत बन्न पुुगेको छ । अपाङ्गता भएका व्यक्ति आयआर्जनमा लागेपछि उनीहरूको जीवनयापन सजिलो बन्दै गएको छ ।
अपाङ्गता भएका व्यक्तिले सीप सिकेर आयआर्जनमा लागेर आफ्नो जीवनयापन सहज गराउँदै गएका छन् । वीरेन्द्रनगर–८, बसपार्कका मायाप्रसाद जैसी र रेणुका जैसी दुवै दृष्टिविहीन हुनुहुन्छ । उहाँहरूको छोरीसहित तीन जनाको परिवार छ ।
सात वर्षदेखि भाँडा माझ्ने पाउडर उत्पादन गरेर आम्दानी गर्दै आउनुभएको छ । उहाँहरूलाई वीरेन्द्रनर नगरपालिकाको सहयोगमा सुर्खेत नेत्रहीन सेवा सङ्घले भाडा माझ्ने पाउडर उत्पादनसम्बन्धी तालिम दिएको थियो ।
तालिमपछि उद्योग नै स्थापना गरेर उहाँहरूले काम सुरु गरेको करिब सात वर्ष भयो । जैसीको परिवारसहित पाउडर उत्पादन गर्ने उद्योगमा तीन जना आबद्ध हुनुहुन्छ । जैसीले आफूले सिकेको सीप अहिले आफूहरूलाई सहारा बनेको बताउनुुभयो । उहाँको परिवारले महिनामा न्यूनतम पाँच हजारदेखि १० हजार रुपियाँसम्म आम्दानी गर्दै आएको छ ।
उहाँले आफूले कमाउन थालेपछि धेरै सहयोग भएको छ । पानी बत्तीको पैसा तिर्नुपर्छ । नुुनतेल खाद्यान्नदेखि स्वास्थ्य उपचार गर्नुुपर्छ र पाउडर बनाउने उद्योगबाट हामीलाई जीविकोपार्जन गर्न सजिलो भएको छ भन्नुुभयो ।
रेणुुकाले आफ्नो लागि आफैँले केही गर्न सक्दा खुुसी लागेको बताउनुुभयो । शैक्षिक योग्यता र उज्यालो संसार नदेखे पनि केही गर्न सकेर आफ्नै पौरखमा रमाएकोमा खुसी लागेको उहाँको भनाइ छ ।