गोरखपत्र अनलाइन
काठमाडौं, चैत्र ६ गते । हाल तीन महिनालाई पुग्ने चिनी र छ महिनालाई पुग्ने औषधि स्टक रहेको बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो कुरा बताउनुभएको हो ।
उहाँले अहिले बजारमा कुनै वस्तुको अभाव हुने अवस्था नरहेको उल्लेख गर्दै यस किसिमका नजिक आएको संकटलाई टार्न र त्यसलाई आउन नदिन सरकारसँग मिलेर काम गर्न आग्रह गर्नुभयो ।