गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र ७ गते । यसैबीच परराष्ट्र मन्त्रालयले नेपाली कामदार रहेका मुलुकलाई आफ्ना नागरिकको ख्याल राखिदिन अनुरोध गर्दै पत्राचार गरेको छ ।
“कोरोना भाइरस विश्वभर फैलिएकाले जतापनि संकट छ, त्यसो हुनाले कुनै भेदभावबीना सबैलाई आवश्यक सुरक्षा दिन भनेर मित्रराष्ट्रलाई अनुरोध गरेका छौँ,” प्रवक्ता पौडेलले भन्नुभयो ।
मित्र राष्ट्र मुलुकले नेपाललाई पनि आफ्ना नागरिकको सुरक्षा गर्न भनेको छ । भारतको दिल्लीको एयरपोर्टमा परिक्षणका क्रममा रहेका नेपाली नागरिकलाई भारत सरकारको सहयोगमा व्यवस्थापन गर्ने पहल भैरहेको जानकारी दिनुभयो । कामदार रहेका अन्य मुलुकको सवालमा भने फिर्ता ल्याउने भन्दा जहाँ छ त्यही सुरक्षित राख्नेबारेमा सरकारले प्रयास गरिरहेको छ ।