logo
२०८१ मंसिर ९ आईतवार



भारतीय मजदुर नेपालमा आएर लक डाउनमा पनि भकाभक घर बनाउँदै

उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे,  बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित मानिन्छ । 

अर्थ |
फिचर |


भारतीय मजदुर नेपालमा आएर लक डाउनमा पनि भकाभक घर बनाउँदै
लक डाउनका बेला कनकाई नगरपालिका सुरुङ्गामा काम गर्दै भारतीय मजदुर,  तस्बिर – लीलाराज झापाली, बिर्तामोड



लीलाराज झापाली
बिर्तामोड, चैत्र १७ गते । विश्वमा कोरोना आतंकमा बेलामा पनि झापामा भारतीयहरु प्रवेश गरेर घर निर्माण गरिरहेका छन् । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे । बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित मानिन्छ । 

भारत तथा नेपालमा लक डाउनको बेला झापामा भने भारतीय मजदुरले लक डाउनको ठाडो उल्लंघन गर्दै धमाधम काम गरिरहेका हुन् । कनकाई नगरपालिका १, २ र ३ वार्डमा अहिले पनि भारतीय मजदुरले घर निर्माण गरिरहेका छन् ।

यी वडाका विभिन्न घरहरुमा नेपाली समेत नबुझ्ने १५/२० जनाको समुहमा रहेका भारतीय मजदुरले काम गरिरहेका छन । 
उनीहरुले भारतमा सरकारले लक डाउन गरेपछि नेपाल भारत सिमा डिघलबैँक नाका हुँदै नेपाल प्रवेश गरेको र शिवसताक्षी ब्लुचोकका एक ठेकेदारको सम्पर्कबाट सुरुङ्गामा काम गर्न थालेको बताएका छन् ।

यसबरेमा घरधनीसँग जिज्ञासा राख्दा आफुले पटक पटक घर निर्माण नगर्न अनुरोध गरे पनि मजदुरले नमानेको बताउनुभयो ।
ती भारतीयहरुले गरिबीका कारण काम गरे पनि नेपालमा कामै गर्न सरकारले रोक लगाएको बारेमा जानकारी नभएको र आफुहरु भारत सरकारले बोर्डर सिल गरेकाले खेतको आलीआली भारत आफ्नो घर बहादुर गंज जाने बताउने गरेका छन् ।

घरधनीका अनुसार उनीहरु विगत एक सातादेखि सुरुङ्गामै निर्माणाधिन घरभित्रै रहेर काम गर्दै आएका थिए ।
यसबारेमा स्वतन्त्र मजदुर युनियन कनकाईका अध्यक्ष केशर न्यौपानेसँग जिज्ञासा राख्दा कनकाईका कोही पनि मजदुरलाई यो बेलामा काम गर्न र घरबाहिर निस्कन समेत प्रतिवन्द लगाएको बताउनुभयो ।

यस क्षेत्रमा काम गर्ने मजदुर होम क्वारेन्टाइनमा बसे पनि भारतीय मजदुरले नेपाली मजदुरले छाडेको काम गर्न थालेको बताउनुभयो ।
यसको सम्पूर्ण जिम्मा घरधनी र सम्बन्धित ठेकेदारले लिनुपर्ने समेत न्यौपानेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?