logo
२०८१ मंसिर १० सोमवार



तीन दशकमा पहिलो पटक चिनियाँ अर्थतन्त्रमा खुम्चँदै

अर्थ |
फिचर |


तीन दशकमा पहिलो पटक चिनियाँ अर्थतन्त्रमा खुम्चँदै


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ५ गते । पछिल्लो तीन दशकमा चिनियाँ अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादन पहिलो पटक ६.८ प्रतिशत मुनि खुम्चिन पुगेको छ । चीनको राष्ट्रिय तथ्याङ्क विभागलाई उद्धृत गर्दै सिन्हवाले पहिलो त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन २० खरब ९२ अरब अमेरिकी डलर रहेको उल्लेख गरेको छ ।
कोरोनाभाइरस संक्रमणले चिनियाँ उद्योग, कलकारखाना तथा सेवा क्षेत्र नराम्ररी प्रभावित हुन पुग्दा त्यसको असर उसको अर्थतन्त्रमा देखा परेको हो । चीनले दुई दशक यता औसतमा नौ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै आएको छ । चिनियाँ आर्थिक वृद्धि दरमा आएको कमीले विश्व अर्थतन्त्रमा असर पर्ने अनुमान गरिएको छ । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हो ।
शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क बमोजिम कुल ग्राहस्थ उत्पादनमा ६० प्रतिशत योगदान रहेको सेवा क्षेत्रमा ५.२ प्रतिशतले कमी आएको छ । सन् १९९२ देखि चीनमा त्रैमासिक रुपमा आर्थिक वृद्धि दरको मापन सुरु गरिएको हो । यस अवधिमा पहिलो पटक वृद्धि दरमा कमी आएको हो ।
इकोनोमिक इन्टेलिजेन्स यूनिटका यु सुले ग्राहस्थ उत्पादनमा आएको कमीले स्थायी आम्दानीमा कमी, साना उद्योग समस्यामा पर्ने र बेरोजगारी बढ्ने बताउनुभयो । बीबीसीले अमेरिकासँग ब्यापार युद्ध जारी रहेपनि गत् वर्ष पहिलो त्रैमासिकमा चिनियाँ आर्थिक वृद्धि दर ६.४ प्रतिशत मापन गरिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?